
पाल्पा । रिब्दीकोट गाँउपालिकाको पालुङ्ग मैनादी आयुर्वेद औषधालयको आयोजनामा तीन दिने योग प्रशिक्षण सकिएको छ ।
योग प्रशिक्षण शिविरमा बोल्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले योगबाट शारीरिक फाइदा मात्र नभई मानसिक रुपमै फाइदा पुग्ने बताए । उनले योग अभ्यास नियमित गर्दा हुने फाइदा धेरै भएकाले यसबाट सबैले फाइदा नै पाउने बताए।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले योग अभ्यास गराएर बतासे क्षेत्रका जनतामा शारीरिक फाइदा पुगेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले नियमित योग अभ्यास गर्दा धेरै फाइदा पुग्ने र स्वस्थ रहन सकिने बताए । गाउँपालिकाकी लेखा अधिकृत मञ्जु पन्थीले महिला पुरुष लगायत सबैले नियमित योग अभ्यास गर्नुपर्नेमा जोड दिइन् ।
योग प्रशिक्षण कार्यक्रममा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद वस्याल तथा योग प्रयोग प्रशिक्षक कमला थापाले प्रशिक्षण दिएका छन् । पालुङ मैनादी आयुर्वेद औषधालयका डा. रोमहर्ष नेपालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागि २० जनालाई योगको सैद्धान्तीक ज्ञान तथा योग अभ्यास गराइएको छ । बतासे क्षेत्रमा यसअघि पनि योग अभ्यास चलिरहेको र नियमित योग अभ्यास गराइने गरेको प्रशिक्षक थापाले बताइन् ।