देवकोटा साहित्य परिषद्को प्रतिभा सम्मान

पाल्पा । देवकोटा साहित्य परिषद रिब्दिकोट ३ खस्यौलीको आयोजनामा प्रतिभा सम्मान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वर्गीय राम प्रसाद पाण्डेको परिवारजनमा उनको योगदानको कदर गर्दै नाती दिपक पाण्डे, दर्शन शिरोमणी मीन प्रसाद नेपाल, इन्दु खनाललाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि डा. रामप्रसाद शर्मा ज्ञवाली, गाउँपालिका अध्यक्ष नारायण जीसी, उपाध्यक्ष लक्ष्मी खनाल लगायतले सम्मान गरे । डा. ज्ञवालीले साहित्यकारहरुमा देवकोटाका साहित्यिक रचनामा पाइने विशेषताहरु पाइने गरेको बताए ।

कार्यक्रममा बोल्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले पालिकास्तरमा हुने यस्ता किसिमका बौदिक कार्यक्रमहरुले समाजलाई सकारात्मक रुपमा अगाडी बढाउने बताए ।

साहित्यिक क्षेत्रमा लाग्ने व्यक्तिहरुलाई थप उत्साहित गर्ने बताउँदै गाउँपालिकाबाट गर्नु पर्ने सहयोग गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले साहित्यक कार्यक्रम आफैमा एक बौदिक एवम सम्मान योग्य रहेकोले पालिकामा स्तरमा हुने यस्ता कार्यक्रमहरुले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुको पहिचान एवम नयाँ सात्यिक क्षेत्रमा लाग्ने व्यक्तिहरुलाई ठुलो योगदान पुग्ने बताइन् ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाले सिंहले आत्मबादी एवम व्यक्तिवादी प्रवृतिले गर्दा साहित्यिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरु ओझेलमा परेको बताए ।

कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष विष्णु खनाल, पाल्पा साहितियक समाजका उपाध्यक्ष पुस्कर आचार्य, कार्यपालिका सदस्य लिला आचार्य, पत्रकार सन्तोष गहतराज, पोखराथोक साहित्य समाजका कोषाध्यक्ष गोविन्द आचार्यले यस्ता कार्यक्रमले साहित्यक क्षेत्रमा लागेकालाई हौसला बढ्ने बताए ।

कार्यक्रममा केपी कल्पित, विनु गौतम, रूपा पाण्डे, देवकोटा साहित्य परिषद्का उपाध्यक्ष लक्षिमा ज्ञवाली, वासुदेब शर्मा ढकाल, सुजाता थापा, सकुन्तला घिमिरे, आरवि निश्चल, गुणवती केसी लगायले साहित्यिक रचना प्रस्तुत गरे ।

कार्यक्रम देवकोटा साहित्य परिषद रिब्दीकोट गाउँपालिका, ३ खस्यौलीका अध्यक्ष भागवत खनालको अध्यक्षता, देवकोटा साहित्य परिषद् रिब्दिकोटका कोषाध्यक्ष नारायण नेपालको स्वागत मन्तव्य र सचिव अशोक घिमिरेको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर