बस्ती नजिकका जंगलमा नियन्त्रित आगलागी

पाल्पा । बस्ती नजिकका जंगलमा नियन्त्रित आगलागी गरिएको छ । वन डढेलोबाट हुने मानवीय र भौतिक क्ष्ँति कमी गर्न डिभिजन वन कार्यालयले यो नयाँ अभ्यास सुरु गरेको हो ।

मानव बस्ती नजिकका सामुदायिक वनसँगको सहयकार्यमा नियन्त्रित आगलागी गरेर मानवीय र भौतिक क्षति कम गर्ने योजना अघि सारेको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।

तानसेन नगरपालिका क्षेत्रको मानव बस्ती र अन्य भौतिक संरचनाका नजिक सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र स्थानीय उपभोक्ता मिलेर अग्निरेखा बनाए । त्यही रेखाबाट आगलागी सुरु गरेपछि कतिपयले डढेलो लगाएको भन्दै आलोचना पनि गरेका छन्।

तर मानवीय र भौतिक क्षति कम गर्न सल्ला प्रजाति भएका स्थानमा यो माध्यम नमुनाका रुपमा सुरु गरेको उनले बताए । यसवर्ष काम गरेको अनुभवले आगामी वर्ष चुरे क्ष्ँेत्रमा पनि यही विधि अपनाउन सकिने डिभिजन वन कार्यालयले जनाएको छ ।

सल्ला अत्यन्तै प्रज्वलनशील हुने र यसको जोखिमबाट बच्न पनि यस्तो उपाय अपनाइएको छ । वन डढेलोका हिसाबले जोखिम पूर्ण सामुदायिक वनमा यसवर्ष नमुनाका रुपमा अभियान थालिएको छ । नियन्त्रित आगलागी गरेपछि झुक्काएर अरुले लगाउन सक्दैनन्।

वैशाख र जेठ महिनामा आगलागीका बढी घटना हुने र जोखिम पनि बढी हुने भएकाले यस्तो उपाय अपनाइएको हो । डिभिजन वन कार्यालयका रेञ्जर पाेखरेलले यसरी लगाएपछि स्थानीय उपभोक्तामा चेतना हुने र आगामी दिनमा खतरा पनि नहुने बताए ।

वन कार्यालयले चलाएको यस्तो अभियानले जथाभावी आगलागी हुने र त्यसको क्षति कम गर्न मद्दत पुग्ने विश्वास जगाएको छ । यसमा सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरु पनि विश्वस्त भएका छन् । उपभोक्ताले पनि डढेलोको क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् ।

स्थानीय भैरव पुन मगरका अनुसार यसरी नियन्त्रित डढेलो लगाएपछि सबैकोनिगरानी हुने र जनधनको क्षति हुन पाउँदैन । हरेक वर्ष हुने आगलागीका घटनाले मानवीय र भौतिक क्षति हुने गरेको छ । जंगल डढेलोले सखाप हुने गरेको छ भने जीवजन्तु, जंगली जनावरहरुलाई समेत बासस्थान नहुने समस्या छ ।

अघिल्लो वर्ष मात्रै पाल्पामा २ सय बढी आगलागीका घटना भए । दुई जनाको जलेर मृत्यु भयो भने ६ जना आगो निभाउने क्रममा घाइते भए । त्यसैले जंगल नास हुनबाट जोगाउन र मानवीय, भौतिक क्ष्ँति कमी गर्न बेलैमा यस्ता अभियान चलाउन जरुरी छ ।

उता, राष्ट्रिय वन अतिक्रमण गरी टहरा बनाएका तिनाउ गाउ“पालिका–१, कचल सानीउदाङमा एक व्यक्तिको घरमा शनिबार आगो लगाइएको छ । डिभिजन वन कार्यालय, तिनाउ सब–डिभिजन कार्यालय, वडाध्यक्ष, स्थानीय बासिन्दाको रोहबरमा राष्ट्रिय वन अतिक्रमण गर्नेको घरमा आगो लगाएको हो ।

स्थानीय बासिन्दाले राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा बनाएको जानकारी दिएका थिए । घरटहरा बनाएको स्थानको छिमेकमा सिद्धचुहार र मसिना सामुदायिक वन उपभोक्ता समूह छन् । तर दुबैको पहु“च बाहिर रहेको जग्गा अतिक्रमण गरेर रुपन्देही, कञ्चन गाउ“ रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले वन क्ष्ँेत्रभित्र जग्गा सम्माएर घरटहरा बनाएर बसेका थिए ।

वडाध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर घरटहरामा आगो लगाइएको तिनाउ सव–डिभिजन कार्यालयका प्रमुख रामध्यान शाहले बताए ।

स्थानीय बासिन्दाले पटकपटक नबस्न भन्दा अटेरी गरेर बसेका थिए । अतिक्रमणकारीले आफ्नो जग्गा रहेको भन्दै तिनाउ सव–डिभिजनमा लालपूर्जा देखाएका छन् । तर उनले दाबी गरेको जग्गा भने जिपिएस नापी गर्दा १ सय १० मिटरभन्दा टाढा रहेको देखिएको छ । उनले अटेरी गर्दै टहरा बनाएको जग्गा भने राष्ट्रिय वन पर्छ ।

डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोाखरेलका अनुसार अतिक्रमण गर्ने व्यक्ति पक्राउ परेका छैनन् । टहरामा रहेका सबै सामान मुचुल्का गरेर जिपमा लगेका छन् । अतिक्रमणकारीको खोजी भइरहेको पनि अहिलेसम्म सम्पर्कमा आउन नसकेको उनले बताए ।

वडाध्यक्ष रोमबहादुर लम्तरीले पहिला नै अतिक्रमण नगर्न सचेत गराएको बताए । अटेरी गरेपछि सबैको रोहबरमा भत्काउने, आगो लगाउने र सामान मुचुल्का गरेर पठाइएको उनले बताए ।

तिनाउको कचल, दोभान, रैनादेवी छहराका सत्यवती, बल्ढेङगढी, जुठाका तराईसंग जोडिएका चुरे क्षेत्रमा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा बनाउन रोकिएको छैन ।

सम्बन्धित खवर