डढेलो नियन्त्रणमा उपभोक्ता

डढेलो नियन्त्रण सचेतना जगाउन तिनाउ गाउँपालिकास्तरीय सामुदायिक वनको बृहत आमसभाले गतिले सन्देश दिएको छ । यस्तो खालको सन्देश दिने कार्यक्रम सबै पालिकाका सामुदायिक वन उपभोक्ता महासंघले सिको गर्ने लायक छ । गर्मी मौसममा वनमा आगलागीका घटना हुन नदिन तिनाउ गाउँपालिकाको दोभानमा गरिएको सचेतनामूलक सभा सन्नदेशमुलक छ । राजनीतिक भाषण भन्दा पनि डढेलो, वन जंगल, वन, वातावरणका विषय आमसभामा उठाइयो । जिल्लाकै पालिकामध्ये ८७ वटा सामुदायिक वन रहेको तिनाउ हो । चुरे क्षेत्रमा पर्ने सामुदायिक वन र वनमा डढेलो लाग्न नदिने प्रतिबद्धता व्यक्त गर्दा पनि धेरै कुराको सन्देश प्रवाह हुन्छ । विभिन्न सचेतनामूलक नारा लेखेका ब्यानरसहित र्याली पनि गरे ।

डढेलो विरुद्धको सप्ताह चल्यो । तर कता चल्यो धेरैले पत्तो नै पाएनन् । यो सप्ताहमा वन डढेलोको कारण, रोकथामका उपायहरु, दण्ड जरिवाना र पुरस्कारका विषयमा आम उपभोक्ताहरुलाई जानकारी गराउनुपर्ने हो । जिल्लाभर ६ सय बढी सामुदायिक वन छन् । तर सामुदायिक वन समन्वय समिति तिनाउ, तिनाउ सब डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयले यहाँ मात्र किन कार्यक्रम गरेको भन्ने पनि हुन सक्छ । यो तिनाउ वन समन्वय समितिको पाँचौ सभा थियो । हरेकवर्ष यही क्षेत्रमा आगलागी भएर वन जंगल बढी सखाप हुन्छ । कार्यक्रम पनि यही क्षेत्रमै हुन्छ । वनबाट आम्दानी पनि यही क्षेत्रमै हुन्छ । किन भने यहाँका बासिन्दा वनसँग आत्मनिर्भर छन् ।

सरकारले सम्वत् २०७१ देखि २०८० सम्म अर्थात् एक दशकलाई समृद्धिका लागि वन, सबैका लागि वन भन्ने नारा तय गरि अघि बढेको छ । यसै नारालाई साकार बनाउनका निम्ति समेत स्थानीय स्तरमा रहेका सामुदायिक वनहरुले आफ्नो कार्यक्रमलाई वनप्रतिको निर्भरता घटाउने, वनमा डढेलो नलगाउने र लगाउन नदिने र वन संरक्षणका लागि सबैसँग हातेमालो गर्ने कार्यक्रमहरु तय गरेर अघि बढ्नु जरुरी छ । सामुदायिक वन उपभोक्ता समूहका सञ्चालक समितिहरुले वनमा डढेलो लगाउन दिन हुन्न भन्ने सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । प्राकृतिक रुपले समयमा पानी नपर्नाले समेत डढेलो बढी सल्किने गरेको छ । हुन त वनमा कीरा फटेग्राले महारा जाँदा समस्या पार्ने,च्याउ उमार्न र सर्प अनि मूसालाई मार्न साथै घाँस राम्रोसँग उम्रियोस् भनेर समेत आफ्नै पाखोबारी र ख¥यानमा आगो लगाउने चलन छ । यस्तो प्रचलन रोक्दै वन, जंगलमा डढेलो लगाउनबाट रोक्न सबैको सक्रिय सहभागिताको जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय