प्रशिक्षकको कृति शिक्षकहरूद्वारा बिमोचन

पाल्पा । प्रशिक्षक गोपाल प्रसाद बस्यालको यात्रा संस्मरणात्मक निबन्ध कृति ‘घरदेखि परसम्म’ कृति विमोभन भएको छ । तालिम कार्यशालामा उपस्थित शिक्षकहरूले सामूहिक रूपमा बिमोचन गरिएको हो ।

शिक्षा तालिम केन्द्र, पाल्पाका प्रशिक्षक एवम् कृतिकार बस्यालको जन्मभूमि दैलातुङ पाल्पाको ऐतिहासिक र वर्तमान अवस्थाप्रतिको समीक्षात्मक आलेखबाट शुरू यस कृतिमा वश्यालका स्वदेश तथा विदेशका विभिन्न यात्रा अनुभवहरूलाई सरल तरिकाले प्रस्तुत गरिएको छ ।

समीक्षक एवम् नियात्रा विधाका अण्वेषक प्रमोद प्रधानका अनुसार बस्यालका यात्रा निबन्धहरू शिक्षासम्बन्धित विषयवस्तु प्रबल रूपमा उल्लेख भए तापनि समालोचकीय चेतबाट प्रभावित छन् ।

विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक बस्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उनले यस कृतिलाई शिक्षा र साहित्य दुवै विधाबाट अब्बल भएको बताए ।

लामो समयसम्म शिक्षक र प्रशिक्षकको अनुभव भएका लेखक बस्यालले यही क्रममा नेपालका विभिन्न भाग, संयुक्त राज्य अमेरिका, भारत, श्रीलंका र बंगलादेशमा बटुलेका अनुभवलाई यस कृतिमा समेटिएका १२ ओटै निबन्धका मुख्य विषयवस्तु भए तापनि यी निबन्धमा पर्यटन, मानवीय कार्य, प्रकृति सौन्दर्य, विकास निर्माण, जनजीवन लगायत विषयमा समालोचनात्मक दृष्टिकोण राखेर लेखेको बताए ।

आफुले शिक्षा विकासमा जीवन समर्पण गरेको र प्रशिक्षण कार्यमा खटिरहेको सन्दर्भमा प्रशिक्षण कार्यक्रममा सहभागि शिक्षकहरूबाट कृति सार्वजनिक गर्न पाउँदा अपनत्व र आत्मगौरव बढेको लेखक बस्यालले बतए ।

उनले यसबाट कृतिको अध्ययन गरी विषयवस्तुको ज्ञान प्राप्तीको अलावा यस प्रकारका सिर्जनात्मक कार्य गर्न शिक्षकहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

पुस्तक धेरै राम्रो भएको तालिममा सहभागि दमकडा माध्यमिक विद्यालय, पाल्पाका प्रधानाध्यापक मोहन सापकोटाले बताए ।

सम्बन्धित खवर