भैरवस्थानमा फागु उत्सव

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ भैरवस्थानमा चैत १० देखि १७ गतेसम्म फागु उत्सव राखिएको छ ।

यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरवस्थान जाऔं, ऐतिहासिक कला र संस्कृतिमा रमाऔं’ भन्ने नारासहित उत्सव राखिएको हो ।

रिब्दीकोट गाउँपालिका, रिब्दीकोट गाउँपालिका वडा नम्बर ४, भैरवस्थान र भैरवनाथ मन्दिर व्इवस्थापन समितिले आइतबार पत्रकार सम्मेलन गरी यसको जानकरी गराएको हो ।

कार्यक्रम अन्तर्गत चैत १० गते सरसफाई, ११ गते रक्तदान, १२ र १३ गते सेन वंशीय इतिहास सम्बन्धी अन्तरक्रिया, १४ गते गाउँपालिका स्तरीय खुला लोकतृत्य कार्यक्रम, १५ गते फागुन कार्यक्रम (चिर पोल्ने), १६ गते फागु उत्सव, १७ गते झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम, सभा, पुरस्करा बितरण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गुणस्तरीय आर्थिक, भौतिक, सभामाजिक पूर्वाधार विकासको माध्यमद्धारा समृत रिब्दीकोट भन्ने नारालाई साकार पार्न यस्तो कार्यक्रम राखिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।

सबै वडाबाट जुटेर फागु उत्सव तथा सँस्कृति जोगाउने काम गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मी खनालले बताइन् ।

यस अवसरमा रिब्दीकोट गाउँपालिकाका आठ वटै वडाका कला सँस्कृति प्रदर्शन गरिने छ । त्यस्ता कला संस्कृति संरक्षण र जगेर्नाकालागि गाउँपालिकाले पहल कदमी उठाउने रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका वडाध्यक्ष दुर्गाप्रसाद खनालले बताए।

फागु उत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली, फागुको टोली सहभागिता हुने भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए ।

भैरवनाथ मन्दिर परिसरमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय कला संस्कृति तथा जनजातीहरुको भेषभुषाको प्रदर्शनी गरिने समितिले जनाएको छ ।

विगतमा गाउँमा ट्याम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने परम्परा बिस्तारै हराउँदै गएकाले पनि अहिले यस्तो महोत्सव गरेर नयाँ पुस्तालाई सिकाउन थालिएको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद खनालले बताए ।

विगतमा गाउँघर गुन्जायमान मात्रै बन्थेन सबैको रमाइलो गर्ने पर्वसमेत फागु थियो ।

सम्बन्धित खवर