हुँगी बन्यो बालमैत्री स्थानीय शासन लागु भएको वडा

पाल्पा । रम्भा गाउँपालिकाको वडा नम्बर १ हुँगी पाल्पा जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा भएको छ ।

संघीय सांसद दलबहादुर राना, लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेय, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा विशेष समारोहका बिच घोषणा गरेका हुन् ।

‘रम्भा गाउंपालिकाको आफ्नै शान ः बालमैत्री स्थानीय शासन हाम्रो अभियान’ भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन वडा कार्यक्रम गरिएको छ ।

बालअधिकार सुनिश्चितताका लागि बालबालिकाकेन्द्रित कार्य गर्न बालमैत्री स्थानिय शासन रष्ट्रिय रणनीति तथा घोषणा कार्यबिधि २०७० अनुसार रम्भा गापाको १ नम्बर वडा हुँगीलाई बालमैत्री वडा घोषणा गर्र्ने अवसर प्राप्त भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।  उनका अनुसार राष्ट्रिय सूचक ३९ वटा भएपनि ४१ वटा सूचक पूरा भएको छ ।


गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार रम्भा गाँउपालिकाले २०७४÷२०७५ को नीति तथा कार्यक्रम अनुसार गाँउपालिकालाई बालमैत्री गाँउपालिका बनाउने उद्देश्य लिएको हो ।

वडास्तरीय सरोकारवालाहरुको भेलाबाट बालमैत्री वडा तयारीका लागि विधिवत् रुपमा तयारी सुरु गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन भई सरोकारवलाहरुको लागि बालमैत्री स्थानिय शासन संम्बन्धी अभिमुुखिकरण घोषणाको तयारी भएपनि कोभिड १९ कारण घोषणा भने हुन नसकेको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासन समितिको बैठकहरु सम्पन्न भएको छ भने वडास्तरिय बालक्लव नेटवर्क बैठकहरु भएको, वडाका सबै बिद्यालयका शिक्षकहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

बालमैत्री कार्यदल सदस्य कुुश्माखर पाण्डेयका अनुसार वडामा बालक्लबहरु गठन गरिएको छ भने बालक्लब संख्या वृद्धि भएको छ । कार्यक्रममा अवसरमा वडाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्यमंसेविका तथा पोषण सहयोगी सहजकर्ताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा संघीय सांसद दलबहादुर राना, लुुम्विनी प्रदेससभा सदस्य नारायणप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, रम्भा गाउँपालिका शिक्षा शाखा स्रोत व्यक्ति काशीराज बस्याल, गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन कार्यक्रमकी फोकल पर्सन धनीकला थापा, कृष्ण गण्डकी बालक्लवका अध्यक्ष तारा अर्याल, वडा बालक्लब अध्यक्ष निकिता बस्याल, गाउँपालिकास्तरीय बालक्लबका सदस्य सुधाकर पाण्डेय लगायतले बालमैत्री स्थानीय शासनका सूचकहरुको आधारमा वडामा नियमित अनुगमन गराउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा हुँगीका सबै विद्यालयबाट शिक्षक, विद्यार्थी, अभिभावकहरु र्यालीसहित वडा कार्यालय परिसरमा जम्मा भएका थिए । यसअघि रम्भाकै वडा नम्बर २ फोक्सिङकोट जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा भइसकेको छ ।

सम्बन्धित खवर