खानेपानी योजनाको अनुगमन

पाल्पा । कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताए ।

योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा कुनै पनि कन्जुसाई नगर्ने मन्त्री चौधरीले बताए । प्रदेशकै सबै भन्दा ठूलो खानेपानी योजना भएको बताउँदै उनले योजनालाई प्रदेश सरकारको नमुना योजनाको रुपमा हेरेको बताए ।

१५ करोडको लागतमा उक्त योजनाको काम अगाडि बढेको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रत्यक्ष निगरानी तथा प्राविधिक रेखदेखमा योजना सम्पन्न हुन लागेको छ । डिभिजन प्रमुख शिव कुमार श्रेष्ठले २०७६ साल असारदेखि सुरु भएको योजना ०७९ सालको असार मसान्तमा सम्पन्न गरिने योजा भएको बताए ।

योजनामा २ लाख लिटर क्षमताको एक, १ लाख लिटर क्षमताको दुई, ५० हजार लिटर क्षमताको तीन, ३५ हजार लिटर क्षमताको एक, २५ हजार लिटर क्षमताको तीन वटा टंकी बन्ने छ । यसैगरी १५ हजार लिटर क्षमताको चार, १० हजार लिटर क्षमताको तीन वटा टंकीसहित चार वटा पम्पघर, एक वटा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए ।

तीन स्टेजमा बिद्युतीय पम्पको माध्यमबाट लिफ्टिङ गरिने छ । योजनमा २७ किलोमिटर मुख्य पाइप लाइन, २२ किलोमिटर वितरण पाइप लाईन रहेको छ । यम्घाको दर्पुकबाट बगनासकाली गाउँपालिकको चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, दर्लमडाँडा, यम्घा, चापपानीका १ हजार ३ सय २६ घर परिवार लाभान्वित हुनेछन् । यस योजनाबाट यस भेगका ६ हजार बासिन्दाले खानेपानी पाउनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय