
पाल्पा,तिनाउ गाउँपालिकाका १७ जना महिलाले चुरा बनाउने तालिम लिएका छन् । गाउँपालिकाको आयोजनामा चलेको १० दिने तालिममा सहभागी महिलाहरुले सीप सिकेर चुरा बनाउन सक्ने भएका हुन ।
गाउँपालिकाका प्रबक्ता तथा वडा न २ का वडा अध्यक्ष राजेश श्रेष्ठले गाउँपालिकाले नागरिकको जीवनस्तर सुधारका लागि सीपमूलक कार्यक्रम संचालन गरेको बताए । उनले सीपअनुसारको काम गरे आर्थिक रुपमा बलियो बन्न सहज हुने बताए ।
तालिममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सिकेको सीप व्यवहारमा लागू गरे आर्थिक आर्यआर्जनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा तिनाउ ५ का वडा अध्यक्ष दल बहादुर दर्लामिले गाउँपालिकाले लक्षित बर्ग अन्तर्गत विभिन्न समुदाय तथा बर्गमा जीवन निर्बाहमुखी तालिममा जोड दिइएको बताए ।
तालिममा सहभागी रुमा आलेले तालिम अत्यन्त फलदायी भएको र अब आफुहरुले व्यावसायिक रुपमा काम गर्ने बताइन । तालिममा सरिता थापाले सहजिकरण गरेकी थिइन । तालिम समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाकाे अध्यक्षतामा चलेकाे हाे ।