रोटरीको निःशुल्क स्वास्थ्य शिविर

पाल्पा, रोटरी क्लव अफ पाल्पा लुम्बिनीले तानसेन नगरपालिका–१० तेल्घामा रहेको बालकन्या भगवती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरेको रोटरी क्लव अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट निर्दोष खनालले बताए ।

लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि.का आँखा तथा दन्त रोग चिकित्सक तथा प्राविधिक सहितको टोलीले विद्यार्थीहरुका आँखा तथा दाँतको परीक्षण गरेका थिए । विद्यालयमा अध्ययनरत एक सय ३० जना विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिएको अध्यक्ष खनालले बताए ।

शिविरमा १२ जना विद्यार्थीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि प्रभासमा रेफर गरिएको कलजेका सहायक प्रिन्सिपल डा.रुबन राजजोसीले जानकारी दिए । विद्यालयको शैक्षिक स्तरोनतीका लागि विद्यार्थीहरुको स्वास्थ्य राम्रो हुनु नितान्त आवश्यक रहेको रोटरीका अध्यक्ष खनालले बताए ।

विद्यार्थीहरुमा आँखा तथा दाँतमा जटिल समस्या देखिएमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तथा टिचिङ हस्पिटल लि., प्रभासमा निःशुल्क उपचारको चरणवद्धरुपमा विद्यालयसँग हातेमालो गरी शैक्षिक तथा स्वास्थ्य सुधार कार्यलाई व्यवस्थापन गर्ने उनले बताए ।

कार्यक्रममा क्लवका सर्भिस प्रोजेक्ट विभागका डाइरेक्टर ममता कोइरालाले शिविरका विषय वस्तुमा जानकारी गराइन् । समाजप्रति उत्तरदायी भई क्लवले विद्यालयप्रति देखाएको सहयोग र सद्भावका लागि विद्यालयका प्रधानध्यापक पुष्करनाथ रेग्मीले धन्यवाद दिए । कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम क्लवका एडमिन डाइरेक्टर रमेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय