
पाल्पा, नेपाल बैंक लिमिटेड पाल्पा शाखाको डिजिटल अभियानमा अघि बढेको छ । जस अन्तर्गत एकै दिन एक सय अठार जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरेको नेपाल बैंक लिमिटेड पाल्पाशाखाका प्रबन्धक सुरज घिमिरेले बताए ।
पहिलो चरणमा ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यू आर स्टेन्ड वितरण गरिएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले यो अभियानले जनताले सहज रुपमा सेवा पाउने बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले अब व्यवसायमा क्यास लेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने बताए । उनले यसलाई सबैले प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए । यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्ने उनले बताए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने नभई घट्ने भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले फोन पे को क्यू आर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जे शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रम लक्ष्मी शर्माको स्वागत तथा शिवसुन्दर पोखरेलको सञ्चालन र शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।