२०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाल्पाको रैनादेवी छहराको पहिलो बैठकले गाउँपालिकाभित्रका फुसका छाना हटाउने पहिलो निर्णय गरेको थियो । यही निर्णय गर्दा त्यसबेलामा महात्वाकांक्षी योजना पनि नभनेका होइनन् । तर रैनादेवी छहराले भन्दा पहिलो अर्घाखाँचीको एक स्थानीय तहले फुसको छानारहित गाउँपालिका घोषणा गरेको छ । लुम्बिनी प्रदेशकै दोस्रो खरको छाना हटाउने पाल्पा जिल्लामा पहिलो भने बगनासकाली गाउँपालिका भएको छ । प्रदेशको दोस्रो जिल्लाको पहिलो बनेको छ, बगनासकाली गाउँपालिका । पालिका भित्र रहेका सबै फुसका घरहरु जस्तापातामा परिणत भएको छ । गरिखाने जनातालाई आवासमा सहजहोस भन्ने उद्देश्यले पालिकाले बास बस्नका लागि फुसको छानो हटाउने कार्यक्रम लागू गरेको हो ।
बगनासकालीका २ सय ४७ घरपरिवारले पनि जस्तापाता पाए । सबैले जस्तापाता पाएकाले गाउँपालिकालाई नै फुसको छानारहित गाउँपालिका घोषणा गर्न सहज भएको हो । सबैले लगाई पनि सकेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट फुसरहित घर बनाउने अभियान सुरु गरेको हो । प्रतिघर तीन वण्डलका दरले जस्तापाता पाए । पहिलो वर्ष १५ लाख बजेटमा ५५ घरलाई जस्ता पाता बितरण गरे । गएको वर्ष ८३ घरपरिवारलाई र यसवर्ष १ सय ९ घरपरिवारलाई तीन वण्डलका दरले जस्तापाता दिएपछि फुसको छानो सबै हटेको छ । फुसको छानारहित गाउँपालिका बन्ने पहिलो हुन सफल भएको छ । यसबाट सिकाई लिन अन्य स्थानीय तह पनि कस्सिन लागेका छन् ।
गाउँपालिकाका नौ वटै वडामा खरको छाना भएका घरपरिवारलाई निःशुल्क रुपमा २४ वटा पाता जस्ता पाता बितरण गर्दा पनि जनता खुसी नै भए । जनप्रतिनिधिले निर्वाचित भएसंगै गाउँगाउँमा रहेका खरको छाना हटाउने कार्यक्रमलाई प्रभावकारी बनाउन घोषणा गरेअनुसार स्थानीयसँग सहजिकरण गरेका थिए । हुन त सरकारको तीन आर्थिक वर्षमा करिव ६९ लाख रुपैयाँ लगानी भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका लगायत नगरपालिका पनि फुसको छानारहित स्थानीय तह बनाउन जुटेका छन् । तर जे जस्तो भएपनि बगनासकाली गाउँपालिकाले भने आफ्नो कामलाई पाल्पा जिल्लामै पहिलो बनाउने मौका पाएको छ । यसबाट अन्य स्थानीय तहले पनि काम गर्नुपर्छ भन्ने सिकाई पनि हो ।