खेलकुद पत्रकारिता प्राेत्साहन पुरस्कार अर्याललाई प्रदान

पाल्पा । खेलकुद पत्रकारिताको माध्यमबाट खेलकुदका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले पत्रकार माधव अर्याललाई पुरस्कृत गरेको छ । कान्तिपुर दैनिकका उपसम्पादक अर्याललाई आइतबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नगद २५ हजार, प्रमाणपत्रसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पुरस्कृत गरेको हो ।
नेपाल खेलकुद पत्रकार मंच पाल्पाका संस्थापक अर्याल लामो समयदेखि खेलकुद पत्रकारितामा कलम चलाउँदै आएका छन् । युवा तथा खेलकुद मन्त्री दाबा तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी लगायतले पुरस्कृत गरे । अर्याल दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा संलग्न छन् । खेलकुद पत्रकार मञ्चबाटसमेत उत्कृष्ट पत्रकारिता पुरस्कार पाइसकेका छन् ।


खेलकुद पत्रकारिताका साथै अर्यालले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, वातावरण मन्त्रालयबाट प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) बाट वातावरण संरक्षण पत्रकारिता पुरस्कार, जागरण राष्ट्रिय पुरस्कार, शिक्षा पत्रकार समूहका साथै नेपाल पत्रकार महासंघ जिल्ला शाखाबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । सोही कार्यक्रममा नेपाल गंजका कमल खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै झापाका हिमालचन्द्र खरेल, महोत्तरीका रञ्जनकुमार भण्डारी, काठमाडौका अनिल मल्ल ठकुरी, दाङका मुक्तिबाबु रेग्मी, जुम्लाका भुपेश उपाध्याय, डोटीका सीताराम ओझालाई समेत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सम्बन्धित खवर