रोटरी क्लवद्धारा शैक्षिक सामाग्री वितरण

पाल्पा, रोटरी क्लव अफ पाल्पा लुम्बिनीले बालकन्या भगवती आधारभूत विद्यालय तानसेन १० तेल्घामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।

क्लवको वार्षिक कार्ययोजनाको टिच कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ पाल्पा लुम्बिनीका रोटा वर्ष २०२० ÷२१ का पे्रसीडेन्ड रो.निर्दोष खनालले विद्यालयको शैक्षिक उन्नतीका लागि क्लव विद्यालयसंग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले शैक्षिक सुधार कार्यलाई व्यवस्थित गर्नका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा क्लवका चार्टर पे्रस्सिडेन्ट रो.गोपालबहादुर पोखरेलले विद्यालयको शैक्षिक सुधारका साथै विद्यार्थीको स्वास्थ्यका विषयमा समेत आवश्यकतानुसार सहयोग गर्ने बताए । उनले विविध कारणले समस्यामा परेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दा अध्ययनमा सहयोग हुने विश्वास व्यक्त गरे । यसका साथै विद्यालयको आवश्यकता अनुसार फर्निचर तथा रंङरोगन लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

आइ पि.पि रो.सन्तोषलाल श्रेष्ठले सामाजिक संस्था भएकाले समाजप्रति उत्तरदायी भई विविध कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरे क्लबले गरेको शैक्षिक सामग्री वितरणले विद्यार्थीहरुलाई ठूलो सहयोग पुगेको बताए ।

तानसेन १० का वडा अध्यक्ष लोचन शर्माले रोटरी क्लवले गरेको शैक्षिक सुधारका कार्यक्रमबाट प्रत्यक्ष रुपमा विद्यार्थीहरुको शैक्षिक स्तरोनतीमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रधानाध्यापक पुष्करराज रेग्मीले विद्यार्थीको मनोवल बढाउन र शैक्षिक सुधारका लागि क्लवले गरेको पहल राम्रो भएको बताए । उनले आगामी दिनमा समेत विद्यालयलाई सहयोग गर्नका लागि आग्रह समेत गरे ।

शैक्षिक रामग्री वितरण कार्यक्रमा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको क्लवका पब्लिक इमेजका सदस्य रो.भक्तिराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर