बहादुरपुर र कचलमा एकीकृत परिवार नियोजन शिविर

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाको बहादुरपुर र तिनाउ गाउँपालिकाको कचलमा एकीकृत परिवार नियोजन शिविर सम्पन्न भएको छ ।
स्वास्थ कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजना एवं माथागढी गाउँपालिका पाल्पाको समन्वय र सहकार्यमा शिविर संचालन भएको हो । संचालित परिवार नियोजन स्थायी बन्ध्याकरण, लामो अवधिको अस्थायी साधन एकीकृत प्रजनन स्वास्थ सेवा शिविर राखेको हो । शिविरमा इम्प्लानट सेवा २३ जनाले लिएका छन् । पुरुषहरूको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी पाँच जनाले उक्त शिविरबाट सेवा लिएका लिएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।
माथागढी गाउँपालिका बहादुरपुरमा आयोजित कार्यक्रमको उद्घाटन गाउँपालिका वाड नम्बर ८, बहादुरपुर अध्यक्ष धन बहादुर ढेगांले सेवाग्राहीलाई कार्ड हस्ताक्षर गरेर शुभारम्भ गरेका थिए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका शाखा प्रबन्धक न्यौपाने, स्वास्थ कार्यालय पाल्पाका परिवार नियोजन सुपर्भाइजर प्रभास पन्थीले शिविरमा मन्तव्य दिएका थिए । उक्त कार्यक्रम संचालन माथागढी गाउँपालिका स्वास्थ्य शाखा संयोजक केशब जि .सीले गरेका थिए ।
कोरोना संक्रमणको कारणले परिवार नियोजन सेवा लिनबाट बञ्चित भएका सेवाग्राही आफ्नै घरदैलोमा सेवा पाएपछि खुशी भएका हुन । बहादुरपुरमात्र होइन, तिनाउ गाउँपालिका–१, कचलमा पनि स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर संचालन भएपछि उनीहरु खुसी भएका हुन् । स्वास्थ कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । यसको समन्वय तिनाउ गाउँपालिका स्वास्थ्य शाखाले गरेको थियो ।


शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण, लामो अवधिको अस्थायी साधन, पाठेघरको मुखको क्यान्सर परीक्षण एवं एकीकृत प्रजनन स्वास्थ्य सेवा शिविरमा प्रदान गरिएको शाखाका प्रबन्धक न्यौपानेले बताए । शिविरमा इम्प्लानट सेवा २८ जनाले लिएका छन् । आइयुसिडि एक जना, पाठेघरको मुखको क्यान्सर परीक्षण ४६ जनाले सेवा लिएका छन् । पुरुषहरूको स्थायी बन्ध्याकरण भ्यासेकटोमी सेवा चार जनाले लिएको शाखा प्रबन्धक न्यौपानेले बताए ।


तिनाउ गाउँपालिका वडा नं १ को कचल स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गाउँठाउँमै आएर सेवा दिएको बताइन् । उपाध्यक्ष थापाले परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने बताए । उनले यस्तै खालको शिविरलाई तिनाउका विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गरिन् ।


कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप अधिकृत ओम प्रकाश पन्थी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक न्यौपाने, स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर प्रभाष पन्थी लगायतले लकडाउनले प्रजनन दरमा वृद्धि हुन सक्ने प्रक्षेपण विभिन्न अनुसन्धानले गरेको भन्दै परिवार नियोजनको फाइदा, साधन राखेपछि ध्यानदिनुपर्ने उपाय, जन्मन्तर, पोषण खाना, खोल आवश्यकता र महत्व, गर्भ अवस्थामा ध्यान दिनुपर्ने उपाय, भेदभाव लञ्छाना कसरी थाहा पाउने लगायतको बारेमा जानकारी दिए । बन्दाबन्दीका कारण सेवा लिन सदरमुकाम तानसेन र बुटवल जान नपाएका महिला दिदिबहिनिहरुले आफ्नै गाउँठाउँमा सेवा दिएकोबताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय