माथागढी गाउँपालिकामा प्रजातन्त्र दिवस, हाजिरीजवाफ र व्याडमिन्टन प्रतियोगिता

पाल्पा । माथागढी गाँउपालिकाले ७१औं प्रजातन्त्र दिवस मनाएको छ । उसले विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएको हो । प्रजातन्त्र दिवस कार्यक्रम अन्तर्गत फागुन ६ गते गाउँपालिकाको कार्यालय परिसर सरसफाई गरिएको छ ।
सरसफाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, अधिकृत नारायण न्यौपाने लगायत सबै शाखाबाट कर्मचारीको सहभागिता रहेको थियो । सोही कार्यक्रममा गाँउपालिका अन्तरगतका सबै कर्मचारीले गाउँपालिका र वरपरको वातावरण सरसफाई गरेका थिए । सातमुरेदेखि मालेबगरसम्म सरसफाई गरेका थिए । बेलुकी कार्यालयमा दीपावलीसमेत गरिएको थियो ।


प्रजातन्त्र दिवसकै अवसरमा कर्मचारीहरूको हाजिरी जवाफ प्रतियोगितासमेत सम्पन्न भएको छ । गाउँपालिकाभित्रका कर्मचारीबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । हाजिरीजवाफ प्रतियोगितामा गाउँपालिकाको नित्यानन्द खनालको समूह पहिलो भएको छ । यसैगरी वडा नम्बर २ रुप्सेको यमबहादुर चिदीको समूह दोस्रो भयो । गाउँपालिकाकै प्रवेश धितालको समूह तेस्रो र कसेनीको पविसरा चिदीको समूहले सान्तवना पुरस्कार पाएका छन् । हाजिरीजवाफ प्रतियोगितामा प्रत्येक वडाबाट आठ टिम र गाउँपालिकाको दुई टिम सहभागी भएका थिए ।
फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको एकल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । व्याडमिन्टन प्रतियोगिताको फाइनल हुन बाँकी छ । सेमिफाइनल खेल सकेर हावा चलेका कारण फाइनल खेल हुन बाँकी रहेको छ । फाइनल खेल यही बुधबार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । गाँउपालिका अन्तरगतका जनप्रतिनिधि तथा कर्मचारीहरूको ल्याब प्रयोगशाला गरिएको छ । उनीहरुको रक्तचाप र तौल जाँच गरिएको छ । कार्यक्रममा माथागढी गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले २००७ सालको क्रान्तीले एक सय चार वर्षसम्मको राणाहरूको एकतन्त्रीय शासनबाट नेपालीलाई मुक्त गरेको बताइन् । उनले त्यस बेलाको परिस्थितिलबाट प्रजातन्त्र ल्याउन सहयोग पुर्याउन सबै अग्रज तथा शहिदहरुको बलिदानीलाई सम्झनुपर्ने बताइन् । उनले अहिले पनि त्यस बेलाको इतिहास पढ्दा याद दिलाउने काम गरेको स्मरण गर्दै मुलुकलाई आधुनिक युगमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

सम्बन्धित खवर