बालुवाले पुरेर देवीनगरमा दुई जनाको ज्यान गयाे

पाल्पा । बालुवाको ढिस्कोले पुरेर पाल्पाको देवीनगरमा शनिबार दुई जनाको ज्यान गएकाे छ  । पूर्वखोला गाउँपालिका–४, देवीनगर बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।

तस्वीर ः भुवन सिंजाली, देवीनगर

सारुको घटनास्थलमै ज्यान गएकाे थियाे भने सिंहको स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।देवीनगरको छेबकुनमा रहेको बालुवा खानीमा गाउँको समूह मिलेर नौ जना बालुवा लिन गएका थिए ।  गाउँमा घर बन्दै गरेको र समूह मिलेर बालुवा खन्न गएका थिए । बालुवा खन्ने क्रममा ढिस्को खसेर दुई जनालाई च्यापेको पूर्वखोला–४, देवीनगरका वडा सदस्य मेहरसिंह थापाले जानकारी गराए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर