नेपाल पत्रकार महासंघ पाल्पा शाखा सम्मानित

पाल्पा, नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका अवसरमा पत्रकारिताको गतिविधि र महासंघको अभियान प्रभावकारी भएकोले पाल्पा शाखालाई सम्मानित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शाखा अध्यक्ष राजेशकुमार अर्याललाई प्रमाण पत्रले सम्मानित गरेका हुन् ।

सम्मान पत्र ग्रहण गर्दै शाखा अध्यक्ष अर्यालले ढिलै भएपनि शाखाको कामको मूल्यांकन गरेकोमा केन्द्रीय समितिलाई धन्यवाद दिए । उनले सम्मानले थप उर्जा थपेको समेत बताए । शाखा अध्यक्ष अर्यालले पाल्पाको पत्रकारिताको गरिमा सधैं उच्च राख्न क्रियाशील रहने बताए । सम्मानको यो खुसीका अवसमा अध्यक्ष अर्यालले संस्थापक, पूर्व अध्यक्षहरू, साधारण सदस्य, तथा कार्यसमिति लगायत सबै पदाधिकारीहरूलाई स्मरण गर्दै बधाई तथा आभार प्रकट गरेका छन् ।
पाल्पाली पत्रकारहरुले पनि आफ्नो शाखा सम्मानित भएकोमा सामाजिक संजालमा शुभकामना तथा आभार प्रकट गर्दे खुसीयाली बाडेका छन् ।

सम्बन्धित खवर