मूल्यवृद्धि फिर्ता गर

पछिल्लो समयमा जतासुकै मूल्यवृद्धि भएको छ । खाद्यान्नलगायत सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा छन् । पाल्पाको तानसेनमा पनि खाद्यान्नबाहेक दुध, मासु र रौ (कपाल) काट्नेले जथाभावी मूल्य बढाएका छन् । तर स्थानीय तह, अनुगमनकारी संयन्त्र प्रभावकारी देखिएको छैन । अनुगमनकारी निकायले वेवास्ता गर्दा उनीहरुले जथाभावी मूल्य बढाएका छन् । खसी र कुखुराको मासुमा सय रुपैयाँसम्म एकै पटक भाउ बढाएका छन् । तर किसानले भने बजारमा बढेअनुसार बढी मूल्य पाउन सकेका छैनन् । ब्रोइलर कुखुराको मासु ४ सय रुपैयाँ किलोसम्म पुग्यो । २ सय ८० रुपैयाँ भाउ झरेको कुखुराको मासुको मूल्य ४ सयसम्म पुग्दा कोही बोलेन । नाइ संघको निर्णय भन्दै रौ (कपाल) काट्नेहरुले एक्कासी २० रुपैयाँ बढाए । सेवा सुविधा केही नदिनेहरु र टंकीमा बसेर कपाल काट्नेहरुले समेत एउटै मूल्य लिएका छन् । जथाभावी मूल्य बढाएपछि उपभोक्ता भने मर्कामा परेका छन् । दुधको मूल्यमा पनि एक्कासी १६ रुपैयाँ वृद्धि गरिएको छ । बढाएको मूल्य अनुसार वास्तविक किसानले नपाई विचौलियालाई फाइदा भएको छ ।

सबै व्यवसायी एकजुट छन् । त्यसैको बहानामा कार्टेलिङ गरेका छन् । तर पनि अनुगमनकारी निकाय मौन छ । स्थानीय तह, प्रशासन, उपभोक्ता समिति, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ चुपचाप छन् । दुधको मूल्य बढाउन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसनको बैठक बस्यो । रौ काट्नेहरुको नाई संघको बैठक बस्यो । मासु व्यवसायी समितिको बैठक बसेर मासुको मूल्य बढाए । दुधको मूल्य बढ्यो, दुधको गुणस्तर मतलब नगरिकन एकाएक मूल्य बढाए । किसानले पनि आफूहरुले दुधको मूल्य नपाएको गुनासो ज्यूँकात्यूँ छ ।

उपभोक्ताको गुनासो सुन्न सबैले पर्छ । तानसेन बजारमा दुध बिक्री गर्ने दुध उत्पादक सहकारी वा संस्थाहरुका प्रतिनिधिहरुको बैठकले दुधको मूल्यमा भारी वृद्धि गरेपनि यसको गुणस्तर मापन हुन सकेको छैन । यस्तो मूल्य वृद्धिले दुध उत्पादक सिानका मूल्य कति वृद्धि हुन्छ ? विचौलियाको मात्र मूल्य वृद्धि हो कि ? बैठकमा सबै दुध उत्पादक सहकारीलाई किन सहभागी गराईदैन ? किसानको मूल्य वृद्धि नहुने विचौलियाहरुले खाफुुखुसी मूल्य बढाउने कुराको अनुगमन कसरे गर्ने ? स्थानीय सरकार, उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, आम उपभोक्ता ? दुध र मासुमा भएको मूल्य वृद्धिले बिचौलियालाई मात्रै फाइदा भएको छ । किसान र उपभोक्ता भने मारमा परेका छन् । तानसेन भित्रका केही डेरी संचालक मिलेर किसानलाई र उपभोक्तालाई सिन्डिकेट लगाएका छन् । त्यसैले दुध लगायत सबै क्षेत्रमा वृद्धि भएको मूल्य फिर्ता हुनुपर्छ । अनुगमन प्रभावकारी हुनुपर्छ ।

सम्बन्धित खवर