दरबार संग्रहालयमा प्रताप शमशेरको शालिक

पाल्पा, पाल्पा दरबार संग्रहालयमा प्रताप शमशेर जबराको शालिक निर्माण भएको छ । प्रदेश सरकारको सहयोगमा दरबार संग्रहालय परिसरमा शालिक निर्माण भएको हो । शालिकको लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अनावरण गरेका छन् । मन्त्री गिरीले कोरोना कहरपछि अब पर्यटन क्षेत्र मुझाउन लागेकाले केही आशा जगाएको बताए ।

‘तानसेनमा यो संग्रहालय बनेपछि प्रदेश झल्कने वस्तु राखिनेछ,’ उनले भने, ‘स्थानीयले नै बढी अपनत्व लिनुपर्छ । १२ जिल्ला झल्कने गरी सामाग्री राख्ने हो भने पर्यटकले पनि केही हेर्ने अवसर पाउने थिए ।’ पाल्पा दरबार परिसरलाई व्यवस्थित गर्दैै मूलढोका, तीन साँचा, पार्कक्षेत्र, बालमन्दिर लगायतको क्षेत्रलाई थप व्यस्थित गर्न उनले सुझाव दिए ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले पाल्पामा पर्यटकीय विकासका लागि कामहरु बिस्तारै बढ्दै गएको बताए । डिभिजन वन अधिकृत तथा पाल्पा दरबार संग्रहालयका समेत प्रमुख रहेका मोहन पौडेलले दरबार संग्रहालयमा आउने पर्यंटकले पछिल्लो समयमा केही भएपनि हेर्न पाएको बताए । जनरल प्रतापशमशेरका विषयमा जानकारी गराउँदै इतिहासका जानकारी वुद्धीजीवी निर्मल श्रेष्ठले इतिहासका बारेमा जानकारी गराए । जनरल प्रतापशमशेर जबरा १९८२ सालमा पाल्पा आएर १९८९ साल माघ २८ गतेसम्म तैनाथवाला भएर बसेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय