नेपाल पत्रकार महासंघ पाल्पा शाखाको बाह्राै साधारणसभा सम्पन्न

पाल्पा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले नागरिक समाजको भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको बाह्राै साधारणसभामा बोल्दै केन्द्रीय अध्यक्ष आचार्यले अहिलेको परिस्थिति पुनः फरक मोडमा गएकाले यस विषयमा सञ्चारकर्मी गम्भीर हुनुपर्ने उनले बताए ।

अध्यक्ष आचार्यले महासंघ जहिलेसुकै प्रेस स्वतन्त्रताका पक्षमा वकालत गरिरहेको बताउँदै पत्रकारिता सधै तटस्थ हुनुपर्ने बताए । उनले पत्रकार महासघ नागरिकहरुको साँझा संस्था भएकोले पत्रकार हक, मिडियाको विकास, प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताका पक्षमा वकालत गरिरहेकोसमेत बताए । उनले समानुपातिक विज्ञापन नीति लागु भएपनि कार्यान्वयनमा आउन अझै नसकेको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकार महासघ पाल्पाले नमुना काम गरेपनि केन्द्रबाट सम्मानित हुन नसकेको बताए । उनले विभिन्न निर्णय महासंघले गरेपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएकाले केन्द्रीय समितिको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, लुम्विनी प्रदेश सभाका सदस्य नारायण आचार्य, तानसेन नगरपालिका नगरप्रमुख अशोककुमार शाही, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी, नेपाली कांग्रेसका सचिव अजयमान कर्माचार्य, राप्रपाका जिल्ला रेवन्त बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नरमती सिंजाली, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला समन्वय अधिकारी धु्रुब बहादुर कुँवर, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख, पुरस्कृतको तर्फबाट देव पचभैया, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सेना, पुरस्कार अक्षयकोषदाता बुद्धीप्रसाद शर्मा, लीलाबहादुर कार्की, नेपाल शिक्षक महासंघका अध्यक्ष देवीप्रसाद भट्टराई, प्याव्सन अध्यक्ष भरतप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुरस्कार प्राप्त गर्ने १८ जना पत्रकारको जानकारी पत्रकार महासंघका सल्लाहकार झपेन्द्र गहिरेले गराएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत, सल्लाहकार भगवान भण्डारीको धन्यवाद ज्ञापन र सचिव किरण कौशलको संचालनमा सम्पन्न भएको हो । बन्द शत्रमा कोषाध्यक्ष मिलन विश्वकर्मा, सचिव किरण कौशलले पेश गरेको प्रतिवेदन सुझावसहित पारित भएको छ । उपाध्यक्ष भरत शर्माले पेश गरेको लुम्बिनी मेडिकल कलेजले प्रदान गर्ने पुरस्कारको कार्यविधिलाई सुझाव सहित पारित गरिएको छ । नेपाल पत्रकार महासंघमाफर्तत् संचारकर्मी तथा पत्रकार रहेको सहकारी खोल्नका लागिसमेत सहमति बन्द शत्रले सहमति दिएको छ । साधारणसभाले बुद्धीप्रसाद शर्माले स्थापना गरेको देवीभक्त चोलकुमारी सामाजिक सेवा पुरस्कारको नामलाई सामाजिक सेवा पुरस्कार नामाकरण गर्ने निर्णय गरेको छ ।

महासंघका सदस्यहरु जगदीश भट्टराई, कमलराज तिमिल्सेना, रेखीराम रानाले तयार गरेको समसामयिक विषयको प्रस्ताव संशोधनसहित पारित भएको छ । बन्द शत्रले सरकारको सूचना विभागबाट गरिने काम,पत्रकार परिचयपत्र, अनलाइन, पत्रपत्रिका, रेडियो दर्ता तथा नविकरण सम्बन्धित जिल्ला हुलाक कार्यालय गर्ने निर्णय गरेको तर कार्यान्वयन भने नभएका कारण सो कार्य निर्णय भएअनुसार व्यवहारिक रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।

सामाजिक सञ्जाल अनुगमन तथा नियमन गर्न लागु गर्ने सूचनाको हक नियन्त्रण गर्ने कार्य भएकाले यसमा ध्यानाकर्षण गराइएको छ । प्रेस काउन्सिलबाट वर्गीकरणमा परेका पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन भुक्तानी गर्दा सम्बन्धित हुलाक कार्यालयबाट निर्धारित हुन नसकेको र धेरै ठाउँमा सम्बन्धित लेखाशाखाबाट दुःख दिने, लकडाउनका बेला समस्याका कारण समयमै बिल पुर्याउन असमर्थ भएका पत्रिकाको भुक्तानी दिने कार्य रोकिको र सो भुक्तानी तत्काल गर्न माग गरिएको छ ।

साधारणसभाले लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न माग गरेको छ । कोरोना कहरकाबीच विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु कतिपयले नियमित पारिश्रमिक नपाएको गुनासो आकाले यसमा ध्यनाकर्षण गराएको छ । कोभिड समस्या देखाएर निष्कासन गरेका सञ्चारकर्मी तथा पत्रकार पुर्नवहालीकोको माग गरेको छ । सरकारले समानुपातिक विज्ञापन कार्यान्वय गर्ने सम्बन्धि कानुनी व्यवस्था भइसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारमा व्यवहारिक कार्यान्वयन नभएकाले ध्यानाकर्षण गराउँदै कार्यान्वयन गर्न दबाव दिने निर्णय गरेको छ ।

सञ्चारकर्मी र पत्रकारहरुले सुरक्षित र मर्यादित रुपमा कार्यसम्पादनका लागि स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण निर्माणका लागि तीनै तहका संघ, प्रदेश र स्थानीय तहका सरकारको ध्यानाकर्षण गराउँदै सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा ध्यानाकर्षण गराएको छ ।

वर्तमान समयमा मुलुकको राजनीतिक अस्थिरताका कारण नागरिक स्वतन्त्रतामाथि नै गम्भीर संकट उत्पन्न हुने खतरा बढ्दै गएको देखिन थालेको अवस्थामा वर्तमान राजनैतिक अस्थिरता देखिएको अवस्थामा वर्तमान राजनैतिक अस्थिरता अन्त्यका लागि लोकतान्त्रिक आस्था र विश्वास राख्ने राजनैतिक दलहरु गम्भीर भई संघीयता, मानवअधिकार, प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतान्त्रिक संंविधान कार्यान्वयनमा जोड दिन सबै पक्षसंग आग्रह गर्ने निर्णय गर्दछ । संचारकर्मीहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्न साधारणसभाले अपिल गरेको छ । शाखा, प्रतिष्ठान लगायतमा लेखाप्रणाली व्यवस्थित र चुस्तदुरुस्त गराउन माग गरेको छ । महासंघमा राखेको पुरस्कार अक्षयकोष वृद्धि गर्ने घोषणा गरेका तानसेन नगरपालिका, लीलाबहादुर कार्की लगायतलाई धन्यवाद दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय