पाल्पा । सडक डिभिजन कार्यालयले नागरिकलाई त्रसित गराउने सूचना निकाल्ने गरेको छ । यसपटक पुनः उस्तै प्रकृतिको सूचना निकालेको हो । सडक डिभिजन प्रमुख, सूचना अधिकारी, इन्जिनियर कसैको पनि हस्ताक्षर नभएको सूचना उसले सडक छेउमा टाँसेको छ । तर यसको आधिकारिकतामा भने नागरिकले प्रश्न उठाएका छन् ।
सडक क्षेत्राधिकारभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सडक डिभिजनले माघ २० गते सूचना निकालेको छ । उक्त सूचनामा कसैले पनि हस्ताक्षर गरेका छैनन् । सडक डिभिजन कार्यालयले निकालेको सार्वजनिक सूचनाले भने नागरिक त्रसित छन् । तराई क्षेत्रमा घरटहरा हटाउने काम अघि बढेकाले पनि नागरिकमा त्यस्तो त्रास फैलिएको हो । चिडियाखोलादेखि राम्दीसम्म ७ सय बढी त्यस्ता घरटहरा छन् ।
सडक आवागमनमा वाधा पुग्ने गरी बनेका अन्य संरचना पनि छन् । सडक सीमाको अतिक्रमण हटाउन सिद्धार्थ राजमार्ग र वर्तुङ–तानसेन–तम्घास सडकखण्डका संरचना हटाउन सूचना जारी गरेको हो । स्वीकृतिबिना राजमार्ग (सिद्धार्थ राजमार्ग) तथा सहायक मार्ग (तानसेन–रिडी सडकखण्ड) मा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको सडक डिभिजनको सूचनामा उल्लेख छ । सडकसँग जोडिने प्रवेशमार्ग, घरटहरा, होर्डिङ्बोर्ड, आइल्याण्ड, शालिक, यात्रु प्रतिक्षालय, देवालय, मठ मन्दिर तत्काल हटाउन सडकको सूचनामा उल्लेख छ । सात दिन २७ गते पुग्छ । यस अवधिमा आफैले हटाउँछ वा नागरिकलाई त्रसित गराउन खोजेको हो भन्ने प्रश्न नागरिकले गरेका हुन् । सामाजिक सञ्जालमा यस विषयमा समेत चर्काचर्की बहस भएको छ ।
सडक डिभिजनले पेट्रोल र डिजेल पम्प, ग्याँस फिलिङ् स्टेसन तथा डम्पिङ् गरिएका निर्माण सामग्री समेत हटाउन सूचना जारी गरेको छ । कोही कसैले संरचना नहटाए सार्वजनिक सडक ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने भनिएको छ । कार्यालयले सार्वजनिक सडक ऐन २०३१ को दफा अनुसार यस्ता संरचना स्वीकृतिबिना बनाउन नपाउने निषेध गरेको छ । सद्धार्थ राजमार्गको दाँया बाँया २५–२५ मीटर र तानसेन–रिडी सडकखण्डको सडकदेखि १५–१५ मीटर सडकको क्षेत्राधिकार पर्ने सूचना अधिकारी शिवु खत्रीले बताए । सडक मिचेर बनाएका संरचना आफैँ व्यक्तिलाई भत्काउन सूचना जारी गरेको उनले बताए । अटेर गरे प्रक्रिया अनुसार भत्काउन बाध्य हुने उनले बताए ।
सडक ऐन २०३१ अनुसार राजमार्गमा २५ मिटर र सहायक (फिडर) मार्गमा १५ मिटर भित्र व्यक्तिगत संरचना बनाउन पाईदैन । अन्यले सडकको ६ मिटर भन्दा बाहिरको दुरीमा मात्रै बनाउन पाउने व्यस्था छ । सहरी क्ष्ँेत्रमा पर्ने राजमार्गमा नगरपालिकाले उनीहरुलाई घर वनाउने स्वीकृत दिने गरेको छ । यो नियम विपरित हो ।
सिद्दार्थ राजमार्गको वुटवल चिडियाखोलादेखि राम्दीसम्म ७० किलोमिटर सडकमा कम्तीमा ७ सय घरटहरा बनेका छन् । बन्नेक्रम रोकिएको छैन । बर्तुङ्देखि रिडीसम्मको ३५ किलोमिटर सडकमा कम्तीमा ३ घरटहरा बनेका छन् । थप नया“ नबनाउन निर्देशन पटक पटक दिएको उनले बताए । सडक विभागले कुनै अवरोध खडा नगरेकोले आफुहरुले लामो समयदेखि सडकको जमिनमा घर बनाएको स्थानीयको भनाई छ । सिद्धार्थ राजमार्ग बनेको ४५ वर्ष भयो । तर अहिलेसम्म व्यक्तिकै नाममा छ । तिरो पनि तिरेका छन् । पछिल्लो समय सडक डिभिजनले सूचना जारी गरेर ठाउ“ ठाउ“मा टा“सेको छ ।
मालपोत र नापी कार्यालयमा यस विषयमा कुनै कागजात नै भेटिएको छैन । राजमार्गको लगतकट्टा गरेका कागजात भेटिएका छैनन् । डिभिजन सडक कार्यालयका अनुसार राजमार्ग छेउबाट गाउ“ लग्ने ‘फिडर’ सडकका कारण पनि दुर्घटनालाई सहयोग पुगेको छ । सिद्दार्थ राजमार्गको वुटवल चिडियाखोलादेखि राम्दीसम्मको ७० किलोमिटर क्षेत्रमा वार्षिक ६० लाख बढी मर्मतमा खर्च हुन्छ । कम्तीमा २० जनाले वर्षमा ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ४७ वर्षअघि बनेको सडकमा अतिक्रमण भने पहिला देखिनै भएको हो ।