कालिज फार्ममा चितुवा पस्दा क्षति

पाल्पा । तानसेन ढुंगा खानीमा रहेको ‘शितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्राइभेट लिमिटेड’ मा शनिबार बिहानै चितुवा पसेर क्षति पुर्याएको छ । तानसेन नगरपालिका–५, ढुंगाखानीमा रहेको कालिज फार्ममा शुक्रबार राती पसेको चितुवाले ६३ वटा कालिज मारेको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारीको सहयोगमा फार्मको जाली काटेर चितुवा बाहिर निकालिएको थियो । चार घण्टाको प्रयासमा चितुवालाई बाहिर निकाल्न सकिएको हो । फार्म संचालक सुरेन्द्र बस्यालले भने १० लाख बराबरका क्षति पुगेको दाबी गरेका छन् । डार्टिङ् गन नभएकाले चितुवालाई नियन्त्रणमा लिन नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लामा डार्टिङ गनको व्यवस्था हुन नसक्दा धेरै स्थानमा वन्यजन्तु नियन्त्रणमा लिन कठिनाई हुने गरको डिभिजन वन कार्यालयका सूचना अधिकारी पोखरेलले बताए । उनका अनुसार मानव र वन्यजन्तुको लडाई भइरहेपनि यसका लागि वन्दोबस्तीका सामाग्री भने अभाव नै छ ।

सम्बन्धित खवर