असंवैधानिक कदमको बिरोध

पाल्पा । केपी शर्मा ओली सरकारले पुस ५ गते गरेकाे असंवैधानिक कदमको विरूद्दमा  शनिबार  तानसेनमा बिरोध प्रदर्शन भएकाे छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाली काँग्रेसले  देशै भरका ७७ वटै जिल्लामा काँग्रेस निकट  शुभेच्छुक संस्थाले बिरोध प्रदर्शन गरेका हुन । तानसेनमा भएकाे बिरोध कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस अावद्द नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ,  प्रजातन्त्रबादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र नेपाल निजामती कर्मचारी युनियनले सहभागीता जनाएका हुन् ।

कांग्रेस पार्टी कार्यालयबाट सुरु र्याली आन्दोलन चोक, टुँडिखेल, नारायणस्थान, मखनटोल हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल शिक्षक संघकी जिल्ला अध्यक्ष धनकला गाहाले वर्तमान केपी ओली सरकारको असंवैधानिक कदमको बिरोध गर्दै बिभिन्न क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीले न्युनतम परिश्रमीक समेत पाउन नसकेको बताइन् ।  र्यालीमा बिभिन्न  शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिले आफ्नो संस्थाको प्लेकार्ड, ब्यानर सहित उपस्थित भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय