माथागढी गाउँपालिकाको आठौ गाउँसभाको सुरु

माथागढी गाउँपालिकाको आठौ गाउँसभाको सुरु भएको छ ।

सभाको पहिलो बैठकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पादन गरेको योजना तथा कार्यक्रमको समग्र प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले प्रस्तुत गरे ।

प्रस्तुत भएको विषयगत, वित्तिय तथा भौतिक प्रगतीको समिक्षा गरि आगामी दिनको योजना तयगरिएको गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार सभाले पाँच कार्यविधि पारित समेत गरेको जनाए ।

पारित भएका कार्यविधिहरुमा एम्वुलेन्स सेवा संचालन तथा व्यवस्थापन कार्यविधि २०७७, जनस्रोत उपयोग तथा मूल दर्ता व्यवस्थापन कार्यविध २०७७, लैगिक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७ ,महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि २०७७ र गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ रहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

यसका साथै सभामा उपाध्यक्ष निर्मला भट्रराईले प्रस्तुत गर्नुभएको १२ योजना तथा कार्यक्रमको संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

गाउँसभाको जेष्ठ सदस्य शिवप्रसाद शर्मा घिमिरेको प्रमुख आतिथ्यता भएको सभा वडा नं. २ का वडा अध्यक्ष जनक रिजेलको स्वागत तथा अध्यक्ष सन्तोषकुमार थापाको अध्यक्षता चलेको हो । सभाको अर्को बैठक केहि दिनपछि बस्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय