बगनासकालीका किशोरीलाई आइरन चक्की

 

पाल्पा,बगनासकाली गाउँपालिकाले १० देखि १९ वर्ष समूहका किशोरीहरुका लागि आईरन तथा फोडिक एसिड खुवाउने कार्यक्रम सुरु गरेको छ ।

नेपाल सरकारको निर्देशनमा साउन महिनाबाट सुरुवाग गर्ने भनिएको कार्यक्रम कोरोनाका कारण रोक्किएको थियो । बगनासकाली गाउँपालिकाले एकैसाथ पालिकाभित्रका ३७ वटा विद्यालयमार्फत एक हजार किशोरीलाई आइरन चक्की खुवाउने कार्य गरेको स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले बताए । शुआहारा संगको सहकार्यमा सबै विद्यालयमा तालिम दिएर एकैसाथ आइरन चक्की खुवाउन थालेको संयोजक अधिकारीले बताए ।

केही किशोरीहरु विद्यालयभन्दा बाहिर रहेको हुँदा विद्यालय नजाने किशोरीहरुलाई स्वास्थ्य स्वय्म सेविका मार्फत आइरन चक्की खुवाउने योजना रहेको छ । किशोरीहरुलाई तीन महिनासम्म हरेक साताको आइतबार विद्यालयमा आईरन चक्की खुवाउने कार्यक्रम रहेको छ ।

यस्तै ३ महिना पछि पुन ३ महिना नखुवाउने र पुनः तीम महिना खुवाउने गरि एक वर्षमा १३ हप्ता खुवाउने तथा १३ हप्ता नखुवाउने गरि वर्षमा जम्मा ३६ हप्तासम्म आइरन चक्की खुवाउने नेपाल सरकारको निर्देशिका उल्लेख छ ।

हप्ताको एक गोलीका दरले सबै किशोरीलाई आइरन चक्की खुवाउन ७७ जना महिला स्वास्थ्य स्वय्मसेविका र ६५ जना स्वास्थ्यकर्मी लागि परेका छन् ।

सबैको पहलमा पालिका भित्रका कोही किशोरी कार्यक्रमबाट बञ्चित नहुने गरि तयारी भएको प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बताए । चक्की खुवाएपछि महिनावारीको समयमा तथा अन्य समस्याले हुने रक्तअल्पता समाधानका लागि नेपाल सरकारले यस वर्षबाट देशैभरी यो कार्यक्रम चलाएको हो ।

विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहका किशोरीहरुको तीव्र दरमा शारीरिक वृद्धि विकास हुने समय भएको हुँदा यो उमेर समूहका किशोरीहरुका लागि आवश्यक पोषणतत्व पुरा गर्न आईरन चक्की खुवाउने कार्यक्रम प्रभावकारी हुने अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय