रामपुर उवासंघको साधारणसभा

पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको छैठौं वार्षिक साधारण सभा रामपुरमा सम्पन्न भएको छ ।सभाको उट्घाटन एवं वार्षिक प्रतिवेदन विमोचन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगर आफैमा निकै सम्भावना बोकेको भुमि भए पनि राजमार्ग संगको दुरीका कारण पछि परेको बताए ।

उनले अब यसको महत्व कालीगण्डकी करिडोर उजागर गर्ने बताउँदै रामपुरलाई जेड्ने सडकहरु सुधार हुन नसक्दा उद्योग तथा व्यवसाय क्षेत्रमा ठूलो लगानी आउन नसकेको बताए । कालीगण्डकी करिडोर संगै ठूला लगानी भित्रिने बताउँदै उनले भने, रामपुर उद्योग वाणिज्य संघले समन्वय गरी नगरपालिकालाई निकै ठूलो सहयोग गरेको थापाले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले मुलुकको अर्थतन्त्र आयातमुखी हुँदा अन्य देशको तुलनमा कोभिडको प्रभावकम देखिए पनि राजनैतिक अस्थिरताले आउने समस्या तर्फ सचेत हुन आग्रह गरे । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले उद्योग व्यवसायी संगै उपभोक्ताको हितका लागि संघ संग सहकार्य गरेर पालिकाले अनुगमन गर्दै आएको बताइन् । रामपुर उद्योग वाणिज्य संघका सल्लाकार देवराज ढकालले रामपुर क्षेत्रको बजारिकरणमा संघको महत्वपुर्ण योगदान रहेको बताए ।

अर्का सल्लाहाकार राजु प्रसाद श्रेष्ठले यस क्षेत्र धार्मिक एवं सांस्कृतिक क्षेत्रको प्रचार प्रसारका लागि संघले खेलेको भुमिकाको प्रशंसा गरे । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, अन्धकार मुक्ति तथा बचत तथा ऋण सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटा, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका उपाध्यक्ष हजिलदिन मियाँ, प्याब्सन नेपालका केन्द्रीय सदस्य सुर्य प्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दोवराज तिवारी, आमन्त्रित सदस्य विष्णु पौडेल, सामुदायिक रेडियो रामपुरका स्टेसन म्यानेजर छवि खनाल र साधारण सदस्य उमनाथ अर्यालले शुभकामना दिए ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संस्थाले प्राप्त गरेका उपलब्धी, वर्तमान अवस्था, भावी योजनाका बारेमा जानकारी गराए ।साधारण सभाको अवसरमा संस्थाले वर्षदका कारण घरमा क्षति पुगेको भन्दै संस्थाका सदस्य टेक प्रसाद श्रेष्ठ, साधारण सदस्य दुर्गा बहादुर सोमैलाई व्यवसायिक हितकोष मार्फत १०÷१० हजार र इन्द्र बहादुर सिंजालीलाई ५ हजार प्रदान गरे । संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको स्वागत, उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको धन्यवाद र महासचिव खिम बहादुर केसी (पुरुषोत्तम)को सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर