बगनासकालीका पत्रकारको अध्यक्षमा पुनः ढुगाना

पाल्पा, बगनासकाली पत्रकार समूहको प्रथम साधारण सभा तथा अधिवेशनबाट दिपक ढुंगानालाई पुनः अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय कार्य समितिको उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन भए ।

सदस्यहरूमा दयाराज न्यौपाने, गीता रेग्मी, सुमन गैरे, रनबहादुर कुमाल, तुलबहादुर गाहा र किरण रसाइली चयन भएका छन् । साधारणसभा तथा अधिवेशनमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले दुर्गम बस्तीमा बसोवास गर्ने नागरिकको दुःख, पीडा र समस्याका बारेमा पत्रकारहरको कलम चलाउनुपर्ने बताए ।

उनले कोरोना भाइरस संक्रमणको त्रास (कोभिड १९) को दुःखद परिस्थितिमा पत्रकारहरुको सीप विकासका लागि छुट्याएको रकम कोभिडको व्यवस्थापनमा हस्तान्तरण गरिनु सह्राहनिय काम भएको बताए । गाउँपालिका अध्यक्ष बस्यालले समूहले गर्ने कार्यक्रमको लागि कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताए ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकीय अवस्थाको जानकार भएको बताइन् । उनले योजना छनौटदेखि बजेट व्यवस्थापनसम्म सहजिकरण गर्न सघाउनुपर्नेमा जोड दिइन् ।

साधारसभा तथा अधिवेशनकार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पूर्वअध्यक्ष गोविन्द भट्टराईले पत्रकारहरू निष्पक्ष भएर स्थानीय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताए । जिल्ला महासंघकै अर्का पूर्वअध्यक्ष झपेन्द्र गहिरेले स्थानीय तहहरुका कामको प्रचारप्रसार गर्न र नागरिक माझ पु¥याउन समूह सहयोगी बनेको बताए । उनले जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताए ।

साधारण सभामा पत्रकार महासंघका केन्द्रीय पार्षद देव पचभैया, कमलराज तिमिल्सेना, गाउँपालिका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी लगायतले नवनिर्वाचित समूहका पदाधिकारिहरुलाई सफल कार्यकालको शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष ढुंगानाले समूहलाइ संस्थागत बनाउन अघि बढ्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय