जनताको हक र हितमा काम गरेको देख्न चाहेनन् ः मुख्यमन्त्री पोखरेल

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले राजमार्गहरु फराकिलो हुन लागेको र विकासका ढोका खुलेका बेलामा वर्तमान परिस्थिति ल्याउनेहरुलाई जनताले चिनेर बसेको बताएका छन् ।


राष्ट्रिय युवा संघ र नेकपा तानसेन नगर कमिटिले शनिबार तानसेनमा आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला एवं युवा भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । जनताको हक र हितका पक्षमा काम गर्दागर्दै कामै गर्न नदिनेलाई जनताले निर्वाचनमार्फत् कसलाई कहा“ पु¥याउनेछन् समयले बताउने उनले बताए । नेता पोखरेलले पार्टी एकताको अभियान सम्पन्न नहु“दै विदेशी शक्ति केन्द्रको पछि लाग्दा अहिलेको अवस्था सिर्जना भएको बताए । नेकपा पार्टी एकता सम्पन्न नहुनुमा पुष्पकमल दाहालको भूमिका गलत भएको बताउदै उनले भने, ‘नेकपाको अनुभूति कार्यकर्ताले गर्नै नपाउ“दै अहिलेको अवस्था आएको छ ।’
केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको देख्न नसक्दा अवरोध भएको बताए । ओली नेतृत्वको सरकारले विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा गरेका कामबाट लोकप्रिय हुने डरले गर्दा घेराबन्दी भएको आरोपसमेत लगाए । केपी ओली नेतृत्वको सरकारले नै वृद्धभत्ता बढाएको, युवालाई स्वरोजगार बनाएको, शिक्षाका क्षेत्रमा प्रत्येक प्रदेशमा मेडिकल कलेज, प्राविधिक शिक्षालय खोलेको लगायतका लोकप्रिय काम गरेको बताए । ‘महिलाको सय रुपैया“बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार पुगेको छ,’ उनले भने, ‘केपी ओली नेतृत्वको सरकार ५ वर्ष चल्न पाएको भए ५ हजार पुग्ने थियो ।’
तीन वर्षसम्म दबिएर बसेका कार्यकर्ता अहिले घोडा फुकेजस्तो भएको उनले बताए । दाहाललाई धेरै अवसर आउ“दा पनि काम गर्न नसकेको बताउदै उनले अहिलेको परिस्थितिको सिर्जना हुनुको कारक दाहाल नै भएको आरोप पनि लगाए । कार्यक्रममा ओली पक्ष नेकपाका युवा नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले जनता मत जित्नका लागि निर्वाचनमा जानुको विकल्प केपी ओलीसँग अरु केही नभएको बताए । दुई पार्टी मिलेर बनेको नेकपामा स्वार्थमा लागेका केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पारेको उनले आरोप लगाए ।
‘प्रधानमन्त्रीलाई कामै गर्न नदिने र घेराबन्दीमा पार्ने काम भएपछि संसद विघटनको बाटो रोजेको प्रष्ट छ,’ उनले भने, ‘संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गरेको हो । असंवैधानिक हु“दै होइन ।’ अब चुनावलाई सफल बनाउन तयारीमा लाग्नुपर्ने बताउ“दै साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरु ओलीले नेतृत्वको नेकपामा रहेको बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुजिता शाक्य, नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य नारायण आचार्य, नेकपा नेतृ एवं बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, नगर संयोजक रामप्रसाद पोखरेल, नविन थापा , युवा नेता तुल बहादुर अधिकारीलगायतले ओली नेतृत्वको सरकारले बाध्यात्मक परिस्थितिमा संसद विघटन गर्नुपरेको बताए । युवा संघको जिल्ला भेलाले टिका बहादुर थापाको संयोजकत्वमा यूवा संघ जिल्ला कमिटिको गठनसमेत गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय