
पाल्पा, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले जनतासमक्ष पुग्नेगरी काम गरेको बताएका छन् । उनले स्थानीय पाठ्यक्रम निर्माण, कृषि, शिक्षा, पशुपालन, भौतिकपूर्वाधार, खानेपानी लगायतका क्षेत्रलाई समेटेर विकासका योजना लागु गरेको बताए । करुवासँग कुरा गर्दै उनले भने, ‘तीन वर्षको अवधिमा धेरै काम गरेका छौं । जनताको चाहना अनुसारको काम गरेकाले नै तल्लो बर्गसम्म पुगेर काम गर्ने अवसर मिलेको छ ।’

उनले गाउँपालिकामा वर्षौंदेखि अल्झिएका विकासका कामलाई निरन्तरता दिएको समेत बताए । माथागढीमा ३० हजार ५ सय ९३ जनसंख्या रहेको बताउँदे उनले जनताको सेवा गर्दा फुर्सदै नमिल्ने बताए । पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राखिएको बताउँदै शिक्षा, स्वास्थ्य र कृषि प्रमुख प्राथमिकतामा परेको उनले बताए । खानेपानी र सडक निर्माणमा जोड दिएको बताउने उनले भने, ‘स्वस्थ गाउँपालिका बनाउने अवधारणा अनुरूप योजना बनेको छ ।’
गाउँपालिका अध्यक्ष थापाले खानेपानी समस्या दीर्घकालीन रूपमा समाधानका लागि अल्पकालिन र दीर्घकालिन योजना अगाडि बढाएको बताउ । विगतमा विकास बजेट सन्तुलित नभएको बताउँदै उनले पहुँचका आधारमा होइन समान रुपमा बितरणको योजना अघि बढेकाले काम पनि गर्न सकिएको बताए । कृषि पशुपालनका कार्यक्रमका विषयमा धेरै कृषकहरु अनविज्ञ रहेको बताउँदै मातृ र शिशु मृत्युदर घटाउन बर्थिङ्ग सेन्टरको स्थापना गरिएको बताए ।
उनले गाउँपालिकामा जनस्वास्थ्य प्रयोगशालाको निःशुल्क सेवा सुरुवात गरेको बताउँदै खरको छानामुक्त गाउँपालिका बनाउन लागिएको बताए । विपन्न वर्गका मानिस स्वास्थ्य उपचारमा आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भनेर विपन्नका लागि निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिदिएको बताउँदै उनले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाएको बताए । पहिलो वर्षमा स्थानीय ऐन, कानुन र कार्यविधि बनाएको बताउने अध्यक्ष थापाले पूँजीगत (विकास निर्माण) तर्फको ९५ प्रतिशत रकम खर्च गरेका बताए । सबै वडाका बस्तीहरुमा विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको बताउँदैसबैको घरमा एक घर एक धारा, बाह्रै महिना यातायातका साधनहरु सञ्चालन गर्ने गरी सडकको स्तरउन्नतिका काम भइरहेको बताए ।स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा पनि पूर्वाधारका काम भएको बताउँदै जनताले प्रत्यक्ष अनुभूति हुने किसिमका अन्य विकास निर्माणका कामहरु पनि अगाडि बढेको बताए ।
शौभाग्य माविमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको बताउँदै उनले विद्यालयमा कम्पुटर, ई–हाजिरी मेसिन जडान र पुस्तकालय स्थापना गरिएको बताए । उनले गाउँपालिकाको वडा नम्बर ३ कसेनीको ओलेसमा किवी, झडेवामा खुर्सानी, रुप्सेमा आलु, हात्तिलुङ्गमा बाख्रापालन र धनियाँ खेतीको पकेट क्षेत्र बनाएको बताउँदै गोठादी, रहवास, रुप्से र बहादुरपुरमा पनि बाख्रापालनको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताए । रुप्से, कसेनी र चिदीपानीमा दूग्ध पकेट, चिदीपानीमा तरकारी पकेट क्षेत्र निर्माण गरेका छन् । दरबन्दी अनुसारको कर्मचारी नहुँदा बजेट कार्यान्वयनमा समस्या भएको उनले बताए ।








