गत भदौको अन्तिममा रम्भा गाउँपालिकाको पिपलडाँडामा एक युवा वेपत्ता भए । उनी पहिरोमा पुरिएको आशंका गरियो । उनको शव खोजीकार्य भयो । तर तीन चार दिनसम्म पनि उनको अत्तोपत्तो लागेन । केही दिनपछि पुनः रम्भाकै फोक्सिङ्कोटमा पहिरो खस्यो । तीन दिनपछि मात्र मृतकको शव निकाल्न सकियो । तर संयुक्त सुरक्षाकर्मी पुग्न ढिलाई भएको अनुभव स्थानीय बासिन्दाले गरे । तर केही दिनअघि मनाइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भने पाल्पाका सुरक्षाकर्मीले भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि संयुक्त अभ्यास गरेर देखाए । टुँडिखेलमा नेपाली सेनाको गोरखदल गणका साथै इन्जिनियरतर्फ कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले संयुक्त प्रदर्शन गरे ।
भूकम्प र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा तालिम प्राप्त सुरक्षाकर्मीले विशेष प्रदर्शन गर्दा भने जिल्लाका कुनै पनि स्थानमा अब कुनै घटना घटे भने कत्ति बेर नलागिकन उद्दार हुनेछ । समय समयमा संयुक्त रुपमा प्रदर्शन गर्दा भूकम्प लगायत अन्य विपद्का घटनामा खोज तथा उद्दार गर्न सहज हुनेछ । उद्दार कार्य कसरी संचालन हुन्छ भन्ने प्रदर्शन गरियो । बालबालिका, अभिभावक लगायत सबैमा जागरण ल्याउन सहयोग पुगेको पनि छ । प्रदर्शनले एक खालको झलक दिएको र उद्दार गर्नका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । जसका लागि तालिम प्राप्त सैनिक अधिकारीले प्रदर्शनमा सहयोग गरेका थिए ।
संयुक्त रुपमा गरिएको प्रदर्शनबाट जिल्लामा केही घटना भएमा तत्काल सबै निकाय परिचालन गर्न सहज नहुने कुरै हुँदैन । सबैको सहयोगबाट नै खोज तथा उद्दारमा सहयोग पुग्छ । सामाग्री प्रर्दशनमा सुरक्षा अधिकारीका साथै सर्वसाधारणले समेत अवलोकन गरेर आगामी दिनमा पक्कै पनि सहजता आउने छ । कहि कतै दैवीप्रकोपका घटना घटे भने पनि संयुक्त सुरक्षाकर्मी पुग्नेछन् भन्ने आशा गरौ । यसमा तीन वटै सुरक्षा निकायको समन्वय पनि हुनुपर्छ । आवश्यक परेका सामाग्री संकलन र त्यसको सही प्रयोग गर्न पनि कमी हुनुहुँदैन । कुनै पनि नागरिकले अब दैवी प्रकोपका घटनामा सुरक्षाकर्मीको साथ पाउनेछन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer