पूर्वमन्त्री पाण्डेय र पाल्पा अस्पतालका अध्यक्ष पाण्डेयलाइ काेराेना संक्रमण

पाल्पा । पूर्व उद्योगमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयलाई कोरोना संक्रमण भएको छ । उनलाई माघ ३ गते संक्रमण पुष्टि भएको हो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनकाे राष्ट्रिय प्रयोगशाला टेकु काठमाडाैंमा गरिएको पिसिअार परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको उनका स्वकीय सचिव पदम गैरेले जानकारी दिए ।
पाण्डेयले कोरोना उपचारका लागि अस्पताल निर्माण, बजेट व्यवस्थापन, पिसिआर ल्याव संचालन, कोरोना नियन्त्रण लगायतका काममा केन्द्रमा बसेर सहयाेग गर्दै अाएका छन् ।

यता, पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा प्रदेश सदस्य नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिनयता  स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरेका पाण्डेलाइ तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको  हाे । स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनकाे पारिवारिक स्राेतले जानकारी दिएका छन् । स्वास्थ्य क्षेत्रमा सेवाका क्रममा कोरोना संक्रमण भएकाे हुनसक्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय