सुरक्षाकर्मीको संयुक्त अभ्यास

पाल्पा, राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्लाका सुरक्षाकर्मीले भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि संयुक्त अभ्यास गरेका छन् । तानसेनको टु“डिखेलमा नेपाली सेनाको गोरखदल गणका साथै इन्जिनियरतर्फ कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले संयुक्त प्रदर्शन गरेका हुन् ।

भूकम्प र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा तालिम प्राप्त सुरक्षाकर्मीले विशेष प्रदर्शन गरेका हुन् । यसरी समय समयमा संयुक्त रुपमा प्रदर्शन गर्दा भूकम्प लगायत अन्य विपद्का घटनामा खोज तथा उद्दार गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘उद्दार कार्य कसरी संचालन हुन्छ भन्ने प्रदर्शन गरिएको छ,’ उनले भने, ‘बालबालिका, अभिभावक लगायत सबैमा जागरण ल्याउन सहयोग पुग्छ भन्ने लाग्छ ।’

प्रदर्शनले एक खालको झलक दिएको र उद्दार गर्नका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश दिन प्रदर्शन गरिएको नेपाली सेनाको गोरखदल गणका गणपति जनक बस्नेतले बताए । तालिम प्राप्त सैनिक अधिकारीले प्रदर्शनमा सहयोग गरेका थिए । नेपाली सेनाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सामाग्री प्रदर्शन गरेका थिए । प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले संयुक्त रुपमा गरिएको प्रदर्शनबाट जिल्लामा केही घटना भएमा तत्काल सबै निकाय परिचालन गर्न सहज हुने बताए । सशस्त्र प्रहरी गण प्रमुख अरुण शर्माले सबैको सहयोगबाट नै खोज तथा उद्दारमा सहयोग पुग्ने बताए । सामाग्री प्रर्दशनमा सुरक्षा अधिकारीका साथै सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।

नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आएको छ ।प्रदर्शनमा घरमा एक्कासी आगलागी भएपछि दमकल तथा अग्नी नियन्त्रकको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । दैवी प्रकोप तथा भूकम्प विपद्पछी निम्तने अवस्थालाई पनि सुरक्षाकर्मी तथा स्थानीय सरकारले पूर्व तयारी अवस्थामा आफुलाई राखे ठूलो दुर्घटनाबाट बच्न र बचाउन सकिने गरी प्रर्दशनले टँुडिखेलमा जम्मा भएका सर्वसाधारणको ध्यान खिचेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

सम्बन्धित खवर