भवन निर्माणमा लापरवाही

सडक, पुलपुलेसा, भवन निर्माण सुरु हुन्छ । तर त्यसको पूरा हुन धेरै समय लाग्छ । निर्माण व्यवसायीले ठेक्का लिन्छन् । ठेक्काको काम पूरा हुन वर्षौ लाग्छ । पाल्पाको रैनादेवी छहरा–५, मुझुङमा पनि निमार्ण सुरु भएको ६ वर्ष बित्दा समेत स्वास्थ्य चौकी भवन अझैसम्म बनेको छैन । अहिलेसम्म यो भवन अलपत्र भएर बसेको छ । तत्कालिन अवस्थामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले भवन निर्माण सुरु गरेको हो । तर स्थानीय तहको निर्वाचन भएर साढे तीन वर्ष बित्दा पनि भवन अधुरै हुनु दुःखको विषय हो । भवन निर्माण कार्य पूरा गर्नेतर्फ स्थानीय तहले ध्यान दिनुपर्ने थियो ।

मुझुङमा निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन पूरा हुन नसक्दा जीर्ण भवनबाट सेवा लिन र दिन बाध्य छन । सरकारले सबै नागरिकलाई सहज स्वास्थ्य सेवा दिनेृ भनेको छ । यहाँका कर्मचारीलाई सेवा दिन र सेवाग्राहीलाई सेवा दिन भवन अभाव छ । उचित भवन नभएकै कारण सुत्केरी बेथा लाग्दा समेत अन्यत्र जान बाध्य भएका छन् । २०७२ सालमा शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट ५६ लाख बजेटमा भवन निर्माण सुरु भएको हो । अहिलेसम्म भवन आधा पनि बनेको छैन । मर्मत सम्भार समेत हुन नसक्दा झन् जीर्ण बनेको छ । स्थानीय तह निमार्ण भए संगै बजेट अभावका कारण भवन सम्पन्न हुन नसकेको हो । अहिले दैनिक उपचार गर्न आउने बिरामीलाई टिनको छाना मुनिबाट सेवा दिन बाध्य छन् ।

स्थानीय चुनावपछि जनप्रतिनिधिले ध्यान दिनु पर्ने हो । तर किन यसमा ध्यान पुग्न सकेन ? अहिलेको स्वास्थ्य चौकी भवन जिर्ण छ । निर्माण भइरहेको भवन अलपत्र परेको छ । यसलाई बनाउने तर्फ ध्यान दिएका छैनन् । बजेट अभाव भएर केन्द्र र प्रदेश सरकारले पुनः निमार्णले समेत हात झिक्दा भवन बन्न नसकेको हो । स्वास्थ्य जस्तो संबेदनशील क्षेत्र त्यस माथि लाखौ बजेट सकिदा समेत निमार्ण सुरु भएको स्वास्थ्य चौकी भवन अलपत्र हुदा संमेत संबन्धित निकाए बेखबर बन्नु हुँदैनथ्यो । बेलैमा बजेट बिनियोजन गरेर ग्रामीण भेगका जनतालाई सुबिधा सम्पन सेवा दिने तिर लाग्न जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय