स्वास्थ्यमा अब्बल बन्दै पूर्वखोला

पाल्पा । पूर्वखोला गाउँपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बनेको छ । उसले कोरोना महामारी र त्यसअघि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ । गाउँपालिकाका जनताको स्वास्थ्य अवस्था सुधार, महामारी समुदाय सम्म जान नदिनको लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, महिला स्वास्थ्य स्वमसेविका, स्थानीय संघ संस्थाहरु समेत परिचालनवाट महामारीलाई नियन्त्रण गरि व्यक्ति र समुदायमा बचाउनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।


स्वास्थ्य शाखाका अनुसार कोभिड १९ कोरोना भाइरसको पिसिआर जाँच १ हजार ६० जनालाई गरेको छ । जसमा २ सय ६३ जनामा पिसिआर पोजेटिभ देखिएको थियो । आरडिटि ३ सय १६ जनालाई जाँच गरिएको छ ।
साउनदेखि पिसिआर ३ सय ८७ जनाको गरेको छ । यसबाट १ सय ३ जना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका चार जनाको कोभिडको कारणले मृत्यु भएको छ । एक जना पोजेटिभ भएर अस्पतालमा बसेको र निको भएर घरमा आए पछि पोस्ट कोभिडले गर्दा मृत्यु भएको छ । साउनदेखि हालसम्म कोभिड(१९ कोरोना भाइरस भएका २७ जना कोभिड अस्पतालमा, ४० जना उद्धवुद्ध मा.वि. आइसोलेसनमा राखी उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।
कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बिभिन्न शिर्षक जस्तै पिसिआर प्रयोगशाला निर्माण पाल्पा अस्पताललाई अनुदान दिएको छ । क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, राहत वितरण, सवारी साधन प्रयोग, कोभिड अस्पताल करार कर्मचारी खर्च, स्वास्थ्य सामाग्री तथा औषधि खरिद स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन जस्ता कार्य गर्दा ५१ लाख ९१ हजार खर्च भएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।
पूर्वखोला गाउँपालिका गत आर्थिक वर्षमा पूर्ण संस्थागत सुत्केरी घोषणा भएको छ । यही कार्यलाई सुनिश्चता गर्नको लागि प्रत्येक टोल स्तरमा स्वास्थ्य सम्बन्धि कार्य गर्दै आएको छ । पूर्ण संस्थागत सुत्केरी सुनिश्चता भएको साथै साउनदेखि हाल सम्म ८४ जना सस्था सुत्केरी भएको उनले बताए । घरमा शून्य नै भएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।
पूर्वखोला गाउँपालिका भित्र ३ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा संचालन गरिएको छ । साउनदेखि ३० जनाले सेवा लिएका छन् । पूर्वखोला गाउँपालिकावाट गत आ.व.वाट सुत्केरी पश्चात घर भेट ९७ जनालाई पिएनसि जाचँ गरिएको छ । पूर्वखोला गाउँपालिकाको नागरिकहरुलाई सर्बशुलभ स्वास्थ्यको पहुच दिलाउन गाउँपालिकाको लगानीमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर छुटमा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याइएको छ । भारतीय दुतावासको सहयोगमा एक वटा रहेको छ । प्रदेशमा नै नमुनाको साथ संचालन गरिएको ८० बर्ष माथिको जेष्ठ नागरिक २ सय ७० जनालाई स्वास्थ्य जाँच गरिएको छ । पूर्णअपांग भएका ३१ जनालाई घर घरमा गई स्वास्थ्य उपचार तथा जाडोको लागि ब्लान्केट वितरण गरि स्वास्थ्यको पहँुच घर घरमा पु¥याएको उनले बताए ।


बिपन्न तथा दलित नागरिकहरुलाई गाउँपालिकावाट आर्थिक सहयोगमा स्वास्थ्य बिमा गराउने कार्य प्रभावकारी बन्दै गएको उनले बताए । अति बिपन्न सय घर परिवारलाई पूर्ण निशुल्क र दलितलाई ५० प्रतिशत छुटमा १ सय ५० घर परिवारलाई स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तर दिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।
विरकोट स्वास्थ्य चौकीवाट ल्याब सेवा संचालन गर्दै आई राखेको छ । प्रदेश सरकारको अनुदानमा ३ वटा स्वास्थ्य चौकी जल्पा, देवीनगर र सिलुवा स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला संचालनको शुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षसम्म सम्ममा सबै स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरिने उनले बताए । जनशक्ति व्यबस्थापन गाउँपालिकाले गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।
प्रदेश सरकारको अनुदानमा सिलुवा स्वास्थ्य चौकीमा बर्थिंङ सेन्टर भवन निर्माणको कार्य अगाडी बढाएको उनले बताए । हेक्लाङ स्वास्थ्य चौकी भवन निर्माण कार्य अगाडि बढेको छ । पूर्वखोला गाउँपालिकाले स्वास्थ्यको पहुच कम भएको बिकट ३ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि संचालन गरिएको उनले बताए । पूर्ण खोप सुनिश्चता भएको छ यसलाई निरन्तरता दिनलाई स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु स्वास्थ्य चौकीहरुबाट गरिएको छ । पूर्ण पोषणयुक्त,पूर्ण सरसफाई युक्त बनाउनको लागि स्वास्थ्य कार्यक्रम गरिएको छ ।
स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेहरुलाई पोषिलो झोलिलो खानाको शुरुवात गरिएको छ । सबै बिद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिईएको उनले बताए । पूर्वखोला गाउँपालिकामा कोभिड अस्पतालमा कर्मचारी समेतको जनशक्ति राखी मंसिर १० गतेबााट सेवा सुचारु गरेको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । उनका अनुसार विरकोटको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन भवनको ठेक्का प्रक्रिया अगाडी बढाईएको छ । पूर्वखोला गाउँपालिकाको केन्द्र रहेको ठाउँमा १० शैयाको अस्पताल निर्माण गरि सेवा विस्तार गर्न आठौ गाउँ सभावाट निर्णय गरिएको उनले बताइन् ।

सम्बन्धित खवर