राष्ट्रिय भूकम्प सुरक्षा दिवस पाल्पामा मनाइँयो

पाल्पा । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सुरक्षाकर्मीले भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि पाल्पामा संयुक्त अभ्यास गरेका छन् ।


नेपाली सेनाको गोरखदल गणका साथै इन्जिनियरतर्फ कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले तानसेनको टुंडिखेलमा संयुक्त प्रदर्शन गरेका हुन् । भूकम्प गएको र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा विशेष प्रदर्शन गरिएको हो । यसरी समय समयमा प्रदर्शन गरियो भने संयुक्त रुपमा भूकम्प लगायत अन्य विपद्का घटना भयो भने खोज तथा उद्दार गर्न सहज हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले बताए।
तालिम प्राप्त सैनिक अधिकारीले प्रदर्शनमा सहयोग गरेका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामाग्री प्रदर्शन समेत गरेका थिए । खोज तथा उद्दारमा प्रयोग हुने सामाग्री प्रर्दशनमा सुरक्षा अधिकारीका साथै सर्वसाधारणले समेत अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली सेनाकाे गाेरखदल गणका प्रमुख जनक बस्नेत, जिल्ला प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराइ, सशस्त्र प्रहरी बल का पाल्पा प्रमुख अरूण शर्मा लगायतकाे उपस्थिति थियाे । साथै सर्वसाधारणले समेत प्रदर्शनी अवलाेकन गरे ।

सम्बन्धित खवर