
रिब्दीकोट गाँउपालिका र पालुङ्गमैनादी आयुर्वेद औषधालयको आयोजनामा योग प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
योग गरौ डटेर कोभिड जान्छ हटेर भन्ने मुल नाराका साथ राष्ट्रिय योग दिवस को अवसरमा प्रशिक्षण कार्यक्रम गरिएको हो । योग दिवस प्रत्यक वर्षको माघ १ गते पर्छ ।
कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायणबहादुर जि सिले स्वास्थ्य रहनका लागि व्यायाम गर्नुपर्ने वताए । उनले दैनिक योग गर्दा शरिरको धेरै फाइदा हुने बताउदै आम नागरिकलाई यसमा ध्यान दिन आग्रह गरे । उनले योगवाट नागरिक निरोगी बन्ने र निरोगी नागरिक सवै पक्षले तन्दुरुस्त हुने भएकोले उसको विकासमा सक्रिय सहभागीता हुन विश्वास व्यक्त गरे ।
रिब्दीकोट गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले दैनिक खानपानमा आएको परिर्वतनले स्वास्थ्यमा परेको असरलाई न्यूनिकरण गर्न योग तथा व्यायामले ठूलो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा रोमहर्ष नेपाल तथा योग प्रशिक्षक कमला थापाले प्रशिक्षण दिएका छन् । कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका २५ जना सहभागीहरु रहेका छन् ।
पालुङ्गमैनादी आयुर्वेद औषधालयमा भएको प्रशिक्षण सुरु कार्यक्रम वडा न ७ का अध्यक्ष निलबहादुर रास्कोटीको अध्यक्षतामा चलेको हो ।