पाल्पा, माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ ।माघे संक्रान्तिलाई लक्षित गर्दै होटल पौवा पाल्पाले माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएको होटल पौवा पाल्पाले जनाएको छ । पौवा गु्रपका अनुसार पौवाका शाखाहरु रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।
थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पामा स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध गराईने पाल्पा शाखाका प्रबन्ध निर्देशक शालिक खरेलले बताए । परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडि ल्याईएको खरेलले बताए । होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरी ८ वटा शाखा संचालन गर्दै आएको छ ।