कमल अधिकारी
पाल्पा, कोभिड १९ को त्रास कायमै रहेका बेला नयाँ प्रकारको कोरोना भाइरसमार्फत संक्रमणको जोखिम बढेको छ । तर जतासुकै लापरवाही भने बढेको छ । सिनेमा हल, विद्यालय, सुपरमार्केट, भेला, गोष्ठी भने बढेको छ । अझ जोखिम विद्यालय संचालन पनि हो । विद्यालय खुलेसँगै पाल्पाका केही सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी र शिक्षकमा समेत संक्रमण देखिएको छ ।
साना बालबालिकाले स्वास्थ्य मापदण्ड पूरा गर्दैनन् । उनीहरुलाई मापदण्ड पूरा गराउन समेत ख्याल गरिएको छैन । एउटै धारा र शैचालय प्रयोग गर्ने तथा पठनपाठनका समयमासमेत भीडभाड हुने गरेको अभिभावक भीम ज्ञवालीले बताए । विद्यालय आवतजावतका बेला सबैसंग घुलमिल हुने हुँदा विद्यार्थीमाफर्त परिवार हुँदै समुदायमा संक्रमणको जोखिम बढ्ने जोखिम कायमै भएको उनले बताए । कतिपय विद्यालय शिक्षक र विद्यार्थीमा संक्रमण देखिएपछि आशिंक रुपमा विद्यालयहरु बन्द समेत गरिएको छ । विगत आठ महिनादेखि घरमै सुरक्षित रहेका बालबालिका अहिले विद्यालय जाँदा त्यहीबाट संक्रमण भएर घर परिवारका वृद्ध अभिभावकमा समेत संक्रमणको जोखिम बढेको छ । अभिभावक सन्जु कार्कीका अनुसार विद्यालयमा मापदण्ड पालना नगर्ने हो भने संक्रमण जोखिममो त्रास अझ बढ्ने छ ।
साना बालबालिकाहरूले स्वास्थ्य मापदण्डको पालना गर्न गाह्रो पर्ने उनले बताइन् । त्यसैले संक्रमणको जोखिम बढेको भन्दै अभिभावकहरू चिन्तित बनेका छन् ।
विद्यार्थीहरू हुँदै समुदायमा संक्रमण फैलने त्रास बढेको हुँदा केही अभिभावकले आफ्ना बाल बालिकालाई अझैसम्म पनि विद्यालय पठाउन नसकिरहेको उनले बताइन् । यता स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमार्फत विद्यालय संचालनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र विद्यालय संचालनको जिम्मा दिईएको जनाएको छ । यदि त्यसको पालना हुन नसक्ने हो भने जोखिम कायमै रहेको जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पा सूचना अधिकारी ओमप्रकाश पन्थीले अहिले जिल्लाका अधिकांश विद्यालयमा स्वास्थ्य मापदण्डको पालना हुन नसक्दा केही विद्यालयमा संक्रमण देखिएको बताए । कोरोना संक्रमण सुरु भएयता अनलाईन कक्षा, रेडियो टेलिभिजनमार्फत पठनपाठन गर्दै आएका वालबालिकाहरुलाई अहिले विद्यालयमा भैतिक रुपमा उपस्थिति गराउनुको मुख्य कारण शैक्षिक शुल्क असुल्नका लागि भएको अभिभावकहरुको दुखेसो छ । कतिपय नीजि विद्यालयले स्थानीय सरकारको निर्देशन समेत अटेरी गर्दै मासिक र वार्षिक भर्ना शुल्क उठाउने गरेका छन् । सामुदायिक विद्यालयले अनलाईन भर्चुअल माध्ययमा ध्यान दिएका छैनन् । भौगोलिक विकटताका कारण इन्टरनेटको पहुँच नपुगेको भन्दै उनीहरुले ध्यान नदिएका हुन् । विद्यार्थीलाई विद्यालय पठाउनुको विकल्प नरहेको अभिभावहरुको भनाई छ ।
तानसेनका संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थी र पूर्वखोला गाउँपालिकाभित्रका सामुदायिक विद्यालमा संक्रमणले केही विद्यालय बन्द समेत भएका छन् । बगनासकाली गाउँपालिकाको पनि केही विद्यालयमा विद्यार्थी, शिक्षकमा कोरोना देखिएको छ । पूर्वखोला गाउापालिकाका अध्यक्ष नुन बहादुर थापाले हाल विद्यालयमा संक्रमण देखिनुको कारण अन्य समुदायका व्यक्तिमार्फत भएको बताए । तर विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पूरा नगरेका कारण संक्रमणको जोखिम भने कायमै रहेको अध्यक्ष थापाको भनाई छ ।
सरकारले विद्यालय संचालन गर्न निर्देशन दिएपनि जिल्लाका विद्यालयहरुले संक्रमण नियन्त्रण र स्वास्थ्य मापदण्डको पालना भन्दा पनि विद्यालय खोलेर शैक्षिक शुल्क उठाउने तर्फ हतारो गरेका छन् । जसका कारण आगामी दिनमा बालबालीका मार्फत समुदायमा भयावह रुपमा संक्रमण फैलिनसक्ने जोखिम कायमै रहेको स्वास्थ्य विज्ञहरुको भनाई छ । पछिल्ला दिनमा विद्यालयमा संक्रमण देखिन थालेपछि बालबालिकाहरुलाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा थप अन्योलता बढेको अभिभावकहरूको गुनासो छ ।
तानसेनस्थित बेथल बोर्डिङ् स्कुलका प्रिन्सीपल खेम सारुले विद्यालयमा जोखिम भएपनि सोही अनुसारको स्वास्थ्य मापदण्ड अपनाएर मात्र विद्यालय संचालन गरेको बताए । स्वास्थ्यको मापदण्ड नअपनाइकन विद्यालय खोल्न जोखिम भने बढ्न सक्ने उनले बताए । हाल पाल्पामा पछिल्लो तथ्यांकअनुसार कुल १ हजार ८ सय ४४ जना संक्रमित भएका छन । उत्तिकै संख्यामा कोरोना संक्रमण मुक्त भैइ घर फर्कनेको संख्या बढेको छ । अहिलेसम्म १ हजार ७ सय २५ जना कोरोना मुक्त हुनेको संख्या रहेको छ । भने हाल ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer