कोभिड १९ का कारण भारत तथा तेस्रो मुलुकबाट युवा घर फर्केका छन् । ती युवाहरु बेराोजगार भएपछि अब के गर्ने भन्नेमा छन् । कतिपय स्थानीय तहले ती युवाका लागि खासै कार्यक्रम ल्याउन सकेनन् । तर तानसेन नगरपालिकाले भनेसंयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा) सँग मिलेर कोभिड १९ का कारण विदेशबाट फर्केका युवालाई स्वरोजगार गराउने कार्यक्रममा केन्द्रित भएको छ । यो खुसीको कुरा हो । विदेशबाट फर्केका, रोजगार गुमाएका युवाहरुको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरेको छ । तानसेन नगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिना कार्यक्रम गरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा ढाका, करुवा, फूलखेती, तरकारी, दुधजन्य सामाग्रीका, बाँसका सामाग्री बनाउने तालिम चलाएको थियो ।
नगरपालिकाले व्यवसाय गर्न इच्छुक युवालाई सहयोग गर्न विभिन्न कार्यक्रम संचालन गरेको छ । युवाको सीप विकास र प्रविधिमा स्थानीय सरकारले सहयोग गर्नु राम्रो हो । नगर भित्रका कुनै जागरिलो युवा सीप, पुँजी र बजारको अभावमा बस्नु नपर्ने गरी कार्यक्रम अघि बढाएको छ । अघिल्लो वर्ष ३ सय बढी युवाले तालिम लिएका थिए । १ सय १२ जना उद्यमशील हुन्छु भन्नेले तालिम लिए । ती युवामध्ये अधिकांशले व्यापार व्यवसाय गर्न थालेको दाबी पनि छ । तालिम लिएका युवालाई नगरपालिकाले विना धितो नेपाल बैंक लिमिटेडसंगको सहकार्यमा ऋण समेत परिचालन गरेको छ । यसबाट सय बढी युवाले फाइदा लिइसकेका छन् ।
युवालाई बेरोजगार बस्न नपरोस् भनेर नै लगानी गरिन्छ । नगरपालिका र युएनडिपिले कार्यक्रममा आधा आधा लगानी रहेको छ । रेडाले सामाजिक परिचालन गर्दै आएको छ । तानसेन नगरपालिकाका १४ वटै वडामा कार्यक्रम संचालन भएको छ । परियोजना अन्तरगत हुने गतिविधि र बजेटबारे जानकारी गराउँदै उनले भने, युवा लक्षित कार्यक्रमबाट स्वरोजगार र व्यवसायिक हुनुपर्छ । जसले युवालाई सीप, पुँजी र बजारिकरणमा सहयोग गर्नुपर्छ । कृषि, पशुपालन, नेतृत्व विकास, सीपमूलक तालिम, मेसिनरी औजार सहयोगका कार्यक्रमले फाइदा पाउनुपर्छ । जसबाट युवा साँच्चिकै स्वःरोजगार हुनुपर्छ ।