रहबासका विद्यार्थीलाई पोसाक र झोला

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ७, रहवास स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र झोला बितरण गरिएको छ । यहाँका अति पिछडिएका खोप्यार्लुङ्ग टोलका पाँच जना विद्यार्थीलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र माथागढी गाउँपालिकाको कार्यान्वयनमा एकएक सेट विद्यालय पोशाक र झोला वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।
पोशाक र झोला प्राप्त गरेपछि खुशी व्यक्त गर्दै विद्यार्थी रिमसरा कुँवर मगरले आफ्नो पढाई कार्यमा यसले थप उर्जा मिल्ने बताइन् । कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी उनले आफ्नो घरको आर्थिक अवस्था नाजुक रहेकोले यस्ता सामग्री जुटाउन गाह्रो परेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले रहवासको खोप्यार्लुङ्ग भौगोलिक अवस्थाले पनि अति पिछडिएको बस्ती रहेको बताए । उनका अनुसार त्यसमा पनि आर्थिक अवस्था कमजोर रहेका वस्तीका विद्यार्थी रहेकोले उनीहरूको पढाईमा लगाव बढाउन सहयोग गरेको बताए । उनले यहाँका विद्यार्थीलाई हरेक वर्ष शैक्षिक सामग्री, पोशाकका साथै विद्यालयले विभिन्न अवसरमा राहत दिने किसिमको प्रोत्साहन पुरस्कार दिने गरेको समेत जानकारी गराए । ।

स्वयंसेविका लक्षित अभिमुखीकरण
जिल्लाको माथागढी गाउँपालिका भित्रका स्वास्थ्य स्वयंसेविका लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
माथागढी गाउँपालिका अन्तर्गतका आठ वटै वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविका अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य नै मानव जीवनको अमुल्य धन भन्ने मुल मन्त्रलाई आत्मसात गरि गर्दै अभिमुखिकरण कार्यक्रम संचालन भएको स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताए । गाउँपालिकाका आठ वटा वडामा रहेको स्वास्थ्य चौकीहरुको आयोजना र माथागढी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको उनले बताए ।
मातृशिशुमा आउन सक्ने विभिन्न समस्या, सरसफाई सम्बन्धी जानकारी तथा कार्यान्वयन, स्वास्थ्य स्वयंसेविकाको उपस्थितिलाई अनिवार्य गरेर उनीहरूको काम, कर्तव्यका साथै हरेक आठ वटै वडामा रहेका हजार दिनका आमाहरूलाई स्वास्थ्यका कर्मचारीहरुले प्रत्यक्ष भेटेर स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताए । उनका अनुसार सर्वप्रथम मानव स्वास्थ्य स्वस्थ रहे सबै कुरा सम्भव हुन्छ । आफूहरूको प्रमुख ध्यये भनेकै स्वास्थ्यस्तर मजबुत गराउनु रहेकोले स्वयंसेविकालाई यस्तो कार्यक्रम गरिएको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय