साक्षरता कार्यक्रमले पठनसीप बढाएको दाबी

पाल्पा । जिल्लामा संचालन भएको साक्षरता कार्यक्रमले बालबालिकाको पठनसीप बढाएको दाबी गरिएको छ । वार्षिक समीक्षा कार्यक्रममा बोल्दै सहभागीले यस्तो कार्यक्रम शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहले समेत समन्वय गरेर संचालन गर्नुपर्नेमा समेत जोड दिए ।
रुम टु रिड, बेस नेपालले अनलाइन वार्षिक समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले साक्षरता कार्यक्रम जिल्लाका सबै सामुदायिक विद्यालयमा लागु गर्दा विद्यार्थीमा पठनपाठन सीपमा सहयोग पुग्ने बताइन् । साक्षरता कार्यक्रम लागु नभएका विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी भन्दा साक्षरता कार्यक्रम लागु भएका विद्यालयको सिकाई उपलब्धि बढी भएको देखिएकाले स्थानीय तह, जिल्ला स्थित सरोकारवालाहरुसंग सहकार्य गरी कार्यक्रम लागु गर्नुपर्ने उनले बताइन् । उनले जिल्लाका सबै सामुदायिक विद्यालयमा लागु गर्ने हो भने यसबाट बालबालिकाको पठनसीपमा वृद्धि हुने बताइन् ।
स्थानीय तथा जिल्लाका सरोकारवालाहरुसंगको साक्षरता कार्यक्रम वार्षिक समीक्षा कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले कार्यक्रमले विद्यार्थीहरुको सिकाईमा राम्रो प्रभाव पारेको देखिएको बताइन् । उनले साक्षरता कार्यक्रम तानसेन नगर भित्रका सामुदायिक विद्यालयमा लागु गर्न आफुहरु इच्छुक रहेकोसमेत बताइन् । उनले त्यसका लागि रुम टु रिड नगरपालिकासँग सहकार्य गर्नुपर्ने बताइन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेशराज पौडेले साक्षरता कार्यक्रमबाट तालिम प्राप्त शिक्षकहरुले तालिममा सिकेका सीपलाई कक्षा कोठामा प्रयोग गरेको बताउदै सिकाई गुणस्तरीय भएको बताए । अहिले कार्यक्रम लागु भएका विद्यालय र लागु नभएकामा तुलना गर्दा धेरै फरक पाइने उनले बताए ।
विद्यार्थीहरुको सिकाईमा राम्रो नतिजा ल्याएर जिल्लामै प्रशंसनीय कार्य गरेको उनले बताए । समीक्षा कार्यक्रममा रुम टु रिड नेपालका साक्षरता निर्देशक नेत्रप्रसाद दाहालले स्थानीय तहसंग सहकार्य गर्न रुम टु रिडले चाहेको बताए । निर्देशक दाहालले रुम टु रिडले अहिलेसम्म ल्याएको शैक्षिक उपलब्धि कम हुन नहुने कुरामा जोड दए ।
कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले साक्षरता कार्यक्रमका उपलब्धी र आगामी योजना र अपेक्षाका विषयमा जानकारी गराएका थिए । वार्षिक समीक्षा बैठकमा ८ वटा गाउँपालिका र दुई वटा नगरपालिकाका प्रमुख तथा प्रतिनीधि साथै शिक्षा शाखा प्रमुखहरु जिल्लाका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, बगनासकाली गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनाल, रिब्दीकोट गाउँपािलका शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल, माथागढी गाउँपालिका शिक्षा समिति प्रतिनिधि अषेश भट्टराई, शिक्षा पत्रकार माधव अर्याल लगायतले यो कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सबै विद्यालयमा लागु गर्न सके विद्यँर्थीको पठनपाठन सीप र क्षमतामा वृद्धि हुने बताएका थिए । कार्यक्रम बेस नेपालका सचिव तुल्सीराम गौतमको अध्यक्षता र साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर