
पाल्पा, हिमालयन बैंक लिमिटेडले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड प्रभासलाई एक थान हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेसिन सहयोग गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुशुय बस्नेत, शाखा कार्यालय बुटवलका शाखा प्रमुख सुमन श्रेष्ठको उपस्थितिमा कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई मेसिन हस्तान्तरण गरेको हो ।
मेसिन बुझ्दै कलेजका कार्यकारी अध्यक्ष पोखरेलले मृगौला रोगबाट पीडित भई डायलायसिस गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गइरहेको समयमा एक थान मेसिनले पनि ठूलो सहयोग पुग्ने बताए । उनले डायलायसिस गर्नकै लागि पाल्पा क्षेत्र बाहिर जानु पर्ने अवस्था रहेको बताए ।
आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई अन्यत्र गई उपचार गराउँदा आर्थिक भार थपिने भएको हुँदा यस क्षेत्रका मृगौला रोगीहरुलाई सेवा प्रदान गर्न सहयोग पुग्ने कार्यकारी अध्यक्ष पोखरेलले विश्वास व्यक्त गरे ।