माथागढीको स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक

पाल्पा, माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक तयार गरेको छ । ‘हाम्रो माथागढी’ पाठ्यपुस्तकको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सयुक्त रूपमा सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक गर्दै माथागढी गाउँपालिकाकी उपाध्यक्ष भट्टराईले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गरेको बताइन् । उनले अघिल्लो वर्ष पाठ्यसामाग्री तयार गरेको र यसवर्ष पाठ्यपुस्तक नै तयार भएको बताइन् । उनले बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध रहने बताउँदै गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताइन् । पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्ने उनले जोड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत नेपालले गुणस्तरीय शिक्षा निर्माणमा हाम्रो माथागढी पाठ्यपुस्तक सहयोगी हुने बताउँदै यसलाई सफलता दिनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले विद्यालयमा अध्यापन गराउने शिक्षक इमान्दर र लगनशिल हुनुपर्नेमा जोड दिए । माथागढी गाउँपालिकाले निर्माण गरेको ‘हाम्रो माथागढी’ पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले फोकलपर्सन अशेष भट्टराईको संयोजकत्वमा विज्ञ टिम बनाएको थिए ।

टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । माथागढीको चिनारी, स्थानीय तरकारी, माथागढी गाँउपालिकाका विशिष्ट व्यक्तिहरू, धार्मिक स्थलरू, विविध जातजातिहरू,स्थानिय चाडपर्वहरू, न्वारन र छेवारोको परिचय, स्थानीय बोलीचाली र लिपि (मगरी भाषाका शब्दहरू, स्थानीय बाजाहरू, झ्याउरे नाच,स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएको गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।

आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ र ६ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको शिक्षा शाखाका फोकल पर्सन गजेन्द्र पन्थीले बताए । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्ने हुन्छ । कार्यक्रम शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर