फुटको असर नपरोस्

पाल्पा व्यापार संघको तेस्रो साधारसभा सम्पन्न भएपनि दोस्रो अधिवेशन भने अभैm हुन सकेको छैन । किनभने नयाँ कार्य समिति चयन हुन नसकेपछि अधिवेशन हुन नसकेको भन्ने बुझिन्छ । केही पदमा सर्वसहमत हुन नसक्दा निर्वाचन हुन नसकेको हो । जसको असर नेकपा फुटतिर पनि लिन सकिन्छ । व्यापार संघमा अधिकांश नेकपा निकटका उद्योगी व्यपारी छन् । यो देखिएकै कुरा हो । त्यसैले कतै न कतै नेकपा ओली र दाहाल–नेपाल समूहबीच फरक परिहाल्छ । यसमा बाहिर भन्न नसकेपनि भित्री कुरा त्यही नै हो । जिल्लाका नेता, कार्यकर्ताबीच यही विषयमा मत बाझिने अवस्था आएको छ । तर व्यापारी, व्यवसायीको संस्थामा त्यस्तो भइहाल्ला भन्ने पनि सोच्नु हुँदैन । तर अहिलेको समाजमा राजनीति निरपेक्ष कोही छैन ।

पाल्पा व्यापार संघको विद्यान अनुसार साधारणसभाले विशेष परिस्थिति अनुसार ६ महिना थप्न सक्ने प्रावधान छ । सोही अनुसार समितिको म्याद पनि केही दिनका लागि बढेको बुझिन्छ । अधिवेशनको तयारी भएपनि सर्वसम्मत कार्यसमिति चयन हुन नसक्दा अधिवेशन र कार्यसमिति चयनको काम पछि धकेलिएको पक्कै हो । केही समयका लागि यही समितिले काम चलाउन गर्नेछ । निर्वाचनका लागि तयारी नै नभएकाले पनि उपयुक्र्त समयमा निर्वाचन गर्नेगरी पछि धकेलिएको पदाधिकारीले नै प्रतिक्रिया दिएका छन् । हुन त विद्यान संशोधनको काम समेत बाँकी छ । सहमति भएमा घोषणा गर्ने भन्ने नै हो । तर केही पदमा सहमति हुन नसक्दा निर्वाचन समिति चुप बस्यो ।

हुन त अध्यक्षमा विवाद थिएन भनिन्छ । तर पदाधिकारीमा भने कुरा मिल्न् सकेन । अहिले कुरा मिलेन र निर्वाचनमा जाने अवस्था आयो भने प्यानल नै हुने सम्भावना बढेर गएको छ । जसका कारण नेकपामा देखिएको राजनीतिक विवाद यहाँ पनि देखिने अवस्था आउने पक्का छ । यसका लागि नेतृत्व वर्गले सर्वसहमतमै पदाधिकारी र सिंगो कार्य समिति चयनका लागि पहल गर्नुपर्छ । यसमा नेकपा फुटको असर पर्न गयो भने सबै पदमा निर्वाचन हुन पनि सक्छ । त्यसैले यसका लागि नेकपाका जिल्लास्तरीय नेतृत्व वर्ग सचेत हुनु जरुरी छ । व्यापारीहरुको संस्थामा खुलेआम राजनीति गर्ने, खेल्ने, खेलाउने रणभूमि बनाउन उचित देखिदैन । त्यसैले संघमा नेकपा पार्टी फुटको असर नपरोस् ।

सम्बन्धित खवर