स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने

पाल्पा । स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता यहाँस्थित गैरसरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालले गरेको छ । उसले आफ्नो २८ औं वार्षिक साधारणसभाका अवसरमा यस्तो प्रतिवद्धता गरेको हो ।
साधारण सभाका अवसरमा कार्यकारी निर्देशक चोपलाल गिरीले स्थानीय स्तरमा गई काम सञ्चालन गर्दा धेरै जनताको जीवनस्तर परिवर्तन भएको बताए । संस्थाको २८ वर्षको अवधिमा स्थानीय स्तरमा स्थानीय सरकार संँगको सहकार्यमा निरन्तर रुपमा काम गरेको उनले बताए । कार्यकारी निर्देशक गिरीले कृषि, शिक्षा, महिला अधिकार र सुरक्षित समुदाय जस्ता विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
त्यस्ता कार्यक्रम सञ्चालनपछि धेरै मानिसहरु सूचना तथा न्यायको पहुँचमा पुगेको उनले बताए । कतिपय नागरिक अहिले वकालत गर्ने ठाउँमा पुगेको उनले बताए । तानसेन नगरपालिका तथा रिब्दीकोट, माथागढी, रैनादेवी छहरा गाउँपालिकाका सात वडामा कार्यक्रम विस्तार गरेको बताए । स्थानीय सरकारको अरु वडामा पनि सेवा विस्तार गर्नुपर्ने आग्रह रहेको हुँदा सेवालाई बिस्ता गर्ने उनले बताए । बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोनाको प्रभावका बेलामासंस्थाले कार्यक्षेत्रका सात वटा स्वास्थ्य चौकीमा तीन पटक सम्म मास्क, सेनिटाइजर, सावन, थर्ममिटर र २ वटा थर्मगन दिएको उनले बताए । पाल्पा अस्पताल लगाएत ११ वटा स्वास्थ्य संस्थामा ६० सेट पिपिई र सुरक्षा सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष कृष्णबहादुर सारुले बताए ।
सात स्थानका क्वारेन्टिनमा ६० वटा बेड सहयोग गरेको उनले बताए । मानवीय सहायता स्वरुप गाउँपालिका र वडासंग मिलेर १ सय ८९ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको उनले बताए । सोही अवधिमा संस्थाले १ सय ६८ गर्भवती र सुत्केरीका लागि सर्बोत्तम पिठो,गेडागुडी, ज्वानो र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । कार्यक्षेत्रका ९७ जना महिलाले मुष्टिदान संकलन गरी ४ जनालाई सहयोग गरेको उनले बताए ।
कार्यक्रममा कोषाध्यक्ष सरिता श्रेष्ठले १ करोड ४१ लाख १ हजार ६ सय ५३ रुपैयाँ बराबरको आर्थिक कारोबार सहितको प्रतिवेदन प्रस्तुत गरिन् । कार्यक्रमका अवसरमा संस्थाका वोर्ड सदस्य तथा माथागढी गाउँ पालिका सदस्य तारा रसाइलीले संस्थाले समुदायमा निकै प्रभावकारी काम गरेको समुदायमा विपन्न पिछडिएका समुदायको वकालत गर्दा प्रतिनिधित्व क्षेत्रमा पुगेको बताइन् । उनले धेरै महिलाहरु पनि प्रतिनिधित्व क्षेत्रमा समेत अगुवा पदमा पुगि सेवाको पहुँचमा पु¥याउन सहयोग गरेकामा संस्थालाई धन्यवाद दिइन् ।
कार्यक्रममा पूर्व कर्मचारी केशव बस्याल, मध्यक्षेत्र क्षेत्रीय समिति अध्यक्ष हरि कुमालले संस्थाले सहयोग गरेको आर्थिक बजेटबाट घुम्ती कोष सञ्चालन गरि व्यवसायिक रुपमा पशुपालन गरि आर्थिक पाटो सफल भएको बताए । महिलालाई मात्रै नभई पुरुषलाई पनि धेरै राहात मिलेको कुमालले बताए । अवसरमा पूर्व विद्यार्थी अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका बोर्ड सचिव राजेश श्रेष्ठ सञ्चालन, सहसचिव कर्णबहादुर कुमालको स्वागत तथा संस्थाका अध्यक्ष कृष्णबहादुर सारुको अध्यक्षता भएको हो ।

सम्बन्धित खवर