काँग्रेस कार्यालय तोडफोड

पाल्पा, तानसेन नगरपालिका, सिल्खानटोलमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा चोरी गर्ने उद्देश्यले तोडफोड भएको छ । काँग्रेस सभापति बीरबहादुर रानाका अनुसार रातीको समयमा चोरी गर्ने उद्देश्यले कार्यालयमा तोडफोड भएको अनुमान गरिएको छ । अज्ञात समूहले तोडफोड गरेपनि प्रहरीले कोही कसैलाई पक्राउ गरेको छैन ।

पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरी गर्ने नियतले तोडफोड गरेको सभापति रानाले बताए । कार्यालय अन्तर्गत पार्टी सभापति, सचिव, नगर समिति, कम्यूटर कार्यालय भातृसंगठन, ट्रेड युनियन कार्यालय रहेका कोठा फोरिएको छ । सबै कोठा फोरेर ¥याकहरु फोरिएको र त्यहाँ रहेका दराज, फोरिएको पार्टी सचिव झपेन्द्र गहिरेले बताए । मूल ढोकाको ताला फोरेर च्यानल गेट अगाडि नै रहेको ट्रेड युनियन कार्यालय कोठामा रहेका ¥याक र दराज फोरिएको छ । पार्टी सभापती बीरबहादुर रानाको टेबुल, ¥याकमा तोडफोड गरिएको उनले बताए ।

कम्प्युटर कोठाको ¥याक, पार्टी सचिवको कोठामा रहेको ¥याक, कोषाध्यक्षको कोठामा रहेका दराज र कुर्चीमा तोडफोड भएको छ । कार्यालयमा रहेका सामग्री तोडफोडबाट कार्यालयको लाख बढी क्षति भएको अनुमान गरिएको पार्टी सचिव गहिरेले बताए ।

काँग्रेसमा यतिबेला क्रियाशील सदस्यहरुको रकम जम्मा भइरहेको छ । स्थानीय तह, वडाबाट क्रियाशील सदस्यता बुझाउने क्रममा रकम जम्मा हुनेगर्छ । रकम रहेको आशंकमा चोरी गर्ने नियतले तोडफोड भएको हुन सक्ने उनले बताए । सचिव गहिरेका अनुसार सबै रकम बैंकमा जम्मा भएकाले सुरक्षित रहेको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले भने समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको छ । तोडफोड गरेका शंकास्पद व्यक्तिको खोजी भइरहेको सूचना अधिकृत लक्ष्मण पचभैयायले बताए । प्रहरीले बजार क्षेत्रका अन्य स्थानमा भएका चोरीको घटनासँग मिल्ने भएकाले अनुसन्धानलाई तीब्रता दिएको जनाएको छ । केही दिनअघि तानसेनकै पुस्तक पसल, व्यक्तिगत घर, किराना पसलमा समेत चोरीका घटना भएका थिए ।

सम्बन्धित खवर