पहिरो पीडितलाई सम्बोधन गर

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा असोज पहिलो साता अविरल वर्षासँगै खसेको पहिरोले तीन घर पुरियो । केही घर पहिरोको खतरामै छन् । तर पहिरो पीडितका लागि भने स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुगेको छैन । यहाँका पहिरो पीडित परिवार यतिबेला मर्कामा परेका छन् । उनीहरुलाई चिसो बढेसँगै समस्या थपिएको छ । पहिरो पीडितको उचित व्यवस्थापन हुन नसक्दा पुसको ठण्डीमा समस्या खेप्नु परेको छ । विस्थापित परिवारलाई तीन महिना बित्दासम्म पनि व्यवस्थापन हुन सकेको छैन । पुस लागेसँगै चिसो पनि कठ्याङ्ग्रिदो छ । घरबास क्षति भएका भएका तीन परिवारको अझै आफन्तको घरमा शरण लिएर बसेका   छन् । पहिरो गएको लामो समय भइसक्दा पनि आफ्नै घर बनाउन सकेका छैनन् । पहिरोले परिवारका सदस्य गुमाउनुको पिडासँगै त्यसमाथि बस्ने बासको व्यवस्था नहुँदा चिन्तित छन् ।

चिसो मौसममा अरुको घरमा बस्न हुन्छ । ओढ्ने, दछ्याउने कम हुन सक्छ । आफ्नै घर छैन । यही गाउँमा पहिरोको उच्च जोखिममा रहेका अन्य २७ घर पनि अहिले जोखिममै बसेका छन् । सरकारले बस्ती व्यवस्थापन गर्न आश्वासन नदिएको भने होइन । केही समय स्वास्थ्य चौकी र आफन्तकोमा शरण लिएर बसेका थिए । बासको व्यवस्था नभएपछि पुरानै घरमा जोखिम मोलेर बस्दै आएका छन् । स्थानीय सरकार रम्भा गाउँपालिकाले राहत र उद्दारको कामम सुरुमा सक्रियता नदेखाएको पनि होइन । पछिल्लो पटक भने सुस्ताएको छ । बस्ती स्थान्तरणको काममा भने कुनै पनि सरकारले वास्ता गरेका छैनन् । सुरुमा गाउँपालिकाले धेरै चासो दिएको थियो । बस्तीलाई स्थान्तरण गर्नका लागि उचित स्थानको खोजीकार्य गरेको पनि हो ।

पहिलो पीडितको समस्या समाधान गर्न प्राविधिक मूल्यांकन गराएर उपयुत्र्तm स्थानको उपलब्धता भएसंगै बस्ती स्थानान्तरण गर्ने तयारी गरेको थियो । हुन त गाउँपालिकाले पहिलो चरणमा मृतकका परिवारलाई प्रतिघर ५० हजारका दरले राहत उपलब्ध गराएको थियो । अब चिसोको समस्यालाई मध्यनजर गर्दै न्यानो कपडा वितरणको तयारी गरेको छ । तर काम गर्ने हो भने छिटो गर्नुपर्छ । किन भने चिसो सक्किए लगत्तै वर्षायाम सुरु हुन्छ । त्यसैले पनि यस विषयमा सरोकारवाला निकायको ध्यान छिटो पुग्नुपर्छ । यसबाट स्थानीय बासिन्दालाई छिटो भन्दा छिटो सहयोग पुग्न सकोस् । नागरिकले पाएको दुःखमा स्थानीय सरकार मलमपट्टी बन्न सकोस् । वा अन्य निकायले सहयोग गर्ने हो भने पनि छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्छ ।

सम्बन्धित खवर