फेकमा सुरु भयो बर्थिङ सेन्टर

पाल्पा, पाल्पाका स्थानीय तहले आफ्ना आम नागरिकका लागि स्वास्थ्य सेवा घरदैलोबाटै उपलव्ध हुने गरी काम गरिरहेका छन् । यसै बिच रिब्दीकोट गाउँपालिका वडा नं. ८ फेकमा रहेको स्वास्थ्य चौकीले बर्थिङ सेन्टरको सेवा समेत सुरुवात गरेको छ ।

सेन्टरको शुभारम्भ गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले स्थानीय सरकार जनताको स्वास्थ्य गम्भीर रहेको बताए । उनले स्वास्थ्यमा सवजै नागरिको समान पहुँचका लागि सेवा विस्तार गरिएको बताए । अध्यक्ष जि.सीले दुरदराजका जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार दिलाउन गाउँपालिकाले विशेष कार्यक्रम तय गरेको बताए ।

सेन्टर संचालनमा रिब्दीकोट गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी र वडा कार्यालयको सहयोग रहेको छ । थप सेवा दिनका लागि फेक स्वास्थ्य चौकीले समयनुकूल आधुनिक प्रविधिबाट प्रसूति गराउने व्यवस्था गरेको रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य संयोजक सुनिल अधिकारीले जानकारी दिए । उनले स्वास्थ्य सस्थामै सुत्केरी गराउने सरकारको योजना अनुसार लुम्बिनी प्रदेश सरकारले समेत सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत विनोद भारतीले सर्वसुलभ र सहज प्रसुती सेवाका लागि रेडक्रसले सहयोग गर्दै आएको बताए ।

रिब्दीकोट गाउँपालिकामा हाल पाँचवटा वर्थिङ सेन्टर संचालनमा छन् । प्रसूति गृह संचालनमा आएपछि सुत्केरी हुनका टाढा जानुपर्ने बाध्यता हटेको महिलाहरुको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय