
पाल्पा, पाल्पा व्यापार संघले गतवर्ष फागुन १० देखि २० गतेसम्म आयोजना गरेको प्रथम पाल्पा व्यापार मेला २०७६ को आम्दानी खर्च मंगलबार सार्वजनिक गरेको छ । तानसेन नगरपालिका–९, दमकडामा आयोजना गरेको व्यापार मेलामा ७८ लाख ४३ हजार एक सय बाउन्न रुपैयाँ आम्दानी आर्थिक संयोजक विष्णु प्रसाद खनालले जानकारी गराए ।
मेला संचालन गर्दा विभिन्न शिर्षकमा ६४ लाख ५० हजार ५ सय ७६ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । आम्दानी शिर्षकमा उल्लेख भएका केही निकायसँग सम्झौता भएको तर कोरोना भाइरस संक्रमण रोकथामका लागि भएको लकडाउने उठाउन जान समस्या भएको उनले बताए । सम्झौता अनुसार रकम उठाउनका लागि अहिले सक्रियताका साथ लागि परेको उनले बताए । मेलाबाट बचेको आम्दानी संस्थागत विकासमा खर्च गरिने पाल्पा व्यापार संघले जनाएको छ ।
संघले मेला सकिएको एक महिना भित्र खर्च सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । कोभिड १९ का कारण केही ढिला भएको संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक चिरन्जीवी पोखरेलले बताए ।
व्यापार संघलाई पाल्पाली पत्रकार ,व्यवसायीहरुको स्थापनाकाल देखि नै सहयोग गरेकामा धन्यवाद दिए । सबैको सहयोग र सद्भावका कारण व्यापार संघ अहिलेको अवस्थामा ल्याइ पु¥याउन सफल भएको बताए । कार्यक्रममा संघका सचिव फर्शुराम पौडेलले व्यापारीहरुको हकहितमा काम गर्दै क्रियाशील रहेको बताए । मेलाको आम्दानीबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा डिजिटल सूचना पाटीका राख्नका लागि पाल्पाली समाज पोखरालाई एक लाख सहयोग गरेको सचिव पौडेलले जानकारी दिए । दमकडाको खेलकुद मैदान व्यवस्थापनका लागि एक लाख सहयोग गरिएको उनले बताए ।
आम्दानी खर्च सार्वजनिक कार्यक्रममा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य कमलराज तिमिल्सिेना, रेखीराम राना, संगठनका जिल्ला अध्यक्ष राजेन्द्र लिगल, पत्रकारहरु देब पचभैया, नारायण न्यौपाने, विष्णुप्रसाद घिमिरे लगाएतले बजार क्षेत्रभन्दा बाहिर गरेको मेला भव्य र सभ्य रुपमा सफल भएको बताउँदै मेलामा भएको खर्च हेर्दा मितव्ययी नभई अन्य मेला महोत्सवको जस्तै खर्च गरेको देखिएको बताए । उनीहरुले पाल्पा व्यापार संघलाई सबैको साथ र सहयोग हुदाँपनि सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै मेलाबाट प्राप्त रकमको सहि सदुपयोग गर्न आग्रह समेत गरे ।